पर्स नै नलिइ यात्रा गर्छन् आमिर, कसले तिर्छ बिल ?

काठमाडौं । अभिनेता आर माधवनले आमिर खान पर्स बिनै यात्रा गर्ने गरेको खुलासा गरेका छन् । आमिरको यस लापरवाही का कारण उनको भुक्तानी साथीहरूले गरिदिने गरेको अभिनेता माधवनले बताए ।
आमिर र आर माधवनले ‘रंग दे बसन्ती’ र ‘३ इडियट्स‘ जस्ता फिल्ममा सँगै काम गरिसकेका छन् ।
युट्युब च्यानल जस्ट टू फिल्मीसँगको कुराकानीमा आर माधवनलाई सोधिएको थियो कि उनी आफूसँग वालेट राख्छन् वा राख्दैन्न ? जवाफमा उनले आफुले सँधै बोक्ने गरेको तर आमिर बिना पर्स यात्रा गरेको बताए । ”म त्यस्तो चरम कहिल्यै होइन। आमिर बिना पर्स यात्रा गर्छन्, उनको स्टारडमले पनि उनलाई त्यसो गर्न अनुमति दिन्छ। उनका लागि तिर्न चाहने मानिसहरू छन्,” माधवनले भने ।
आर माधवनको वर्कफ्रन्टको कुरा गर्दा उनी हालै रिलिज भएको फिल्म ‘हिसाब बराबर ‘मा देखिएका छन् । अश्विनी धीरको निर्देशनमा बनेको यस थ्रिलर फिल्ममा कीर्ति कुल्हारी, नील नितिन मुकेश, रश्मी देसाई र फैजल रसिदको पनि महत्वपूर्ण भूमिका छ ।










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया