पर्स नै नलिइ यात्रा गर्छन् आमिर, कसले तिर्छ बिल ?

काठमाडौं । अभिनेता आर माधवनले आमिर खान पर्स बिनै यात्रा गर्ने गरेको खुलासा गरेका छन् । आमिरको यस लापरवाही का कारण उनको भुक्तानी साथीहरूले गरिदिने गरेको अभिनेता माधवनले बताए ।
आमिर र आर माधवनले ‘रंग दे बसन्ती’ र ‘३ इडियट्स‘ जस्ता फिल्ममा सँगै काम गरिसकेका छन् ।
युट्युब च्यानल जस्ट टू फिल्मीसँगको कुराकानीमा आर माधवनलाई सोधिएको थियो कि उनी आफूसँग वालेट राख्छन् वा राख्दैन्न ? जवाफमा उनले आफुले सँधै बोक्ने गरेको तर आमिर बिना पर्स यात्रा गरेको बताए । ”म त्यस्तो चरम कहिल्यै होइन। आमिर बिना पर्स यात्रा गर्छन्, उनको स्टारडमले पनि उनलाई त्यसो गर्न अनुमति दिन्छ। उनका लागि तिर्न चाहने मानिसहरू छन्,” माधवनले भने ।
आर माधवनको वर्कफ्रन्टको कुरा गर्दा उनी हालै रिलिज भएको फिल्म ‘हिसाब बराबर ‘मा देखिएका छन् । अश्विनी धीरको निर्देशनमा बनेको यस थ्रिलर फिल्ममा कीर्ति कुल्हारी, नील नितिन मुकेश, रश्मी देसाई र फैजल रसिदको पनि महत्वपूर्ण भूमिका छ ।
















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईसँगको खेलमा नेपाल पराजित
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया