उदयपुर बेलका क्षेत्रमा देखिन थाले गिद्ध
मेरोन्यूज
२०८१ माघ १४ गते १४:०९

उदयपुर। जिल्लाको बेलका नगरपालिका– ८ र ९ स्थित चिम्पाकोट, बोप्ताङडाँडा र सुगाचरी क्षेत्रमा गिद्धको सङ्ख्या बढ्न थालेको छ ।
बेलका नगरपालिकाले २०७५ सालदेखि गिद्ध संरक्षण अभियान सञ्चालन गरेसँगै गिद्धको सङ्ख्या बढ्न थालेको वडा नं ८ का हर्कबहादुर राईले जानकारी दिए ।
गिद्ध संरक्षणका लागि नगरक्षेत्रमा मरेका पशु उपलब्ध गराउने र बासका लागि सिमलको रुख रोपेपछि गिद्धको सङ्ख्या बाक्लिन थालेको उनको भनाइ छ । नगरपालिका प्रमुख अशोक कार्कीले नगरपालिकाले अहिले पनि गिद्ध संरक्षणका लागि काम गर्दै आएको बताए ।
यहाँ बसोबास गर्ने गिद्ध आहारको खोजीमा कोशी क्षेत्र आसपास र सुनसरी, मोरङ, झापा, सप्तरी, सिरहा, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुट्टा, सङ्खुवासभासम्म पुग्ने गरेका छन् ।
सम्बन्धित













आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
देशभर पश्चिमी वायुको प्रभाव , कस्तो रहला आजको मौसम ?
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया