उदयपुर बेलका क्षेत्रमा देखिन थाले गिद्ध
मेरोन्यूज
२०८१ माघ १४ गते १४:०९

उदयपुर। जिल्लाको बेलका नगरपालिका– ८ र ९ स्थित चिम्पाकोट, बोप्ताङडाँडा र सुगाचरी क्षेत्रमा गिद्धको सङ्ख्या बढ्न थालेको छ ।
बेलका नगरपालिकाले २०७५ सालदेखि गिद्ध संरक्षण अभियान सञ्चालन गरेसँगै गिद्धको सङ्ख्या बढ्न थालेको वडा नं ८ का हर्कबहादुर राईले जानकारी दिए ।
गिद्ध संरक्षणका लागि नगरक्षेत्रमा मरेका पशु उपलब्ध गराउने र बासका लागि सिमलको रुख रोपेपछि गिद्धको सङ्ख्या बाक्लिन थालेको उनको भनाइ छ । नगरपालिका प्रमुख अशोक कार्कीले नगरपालिकाले अहिले पनि गिद्ध संरक्षणका लागि काम गर्दै आएको बताए ।
यहाँ बसोबास गर्ने गिद्ध आहारको खोजीमा कोशी क्षेत्र आसपास र सुनसरी, मोरङ, झापा, सप्तरी, सिरहा, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुट्टा, सङ्खुवासभासम्म पुग्ने गरेका छन् ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
यूएईसँगको खेलमा नेपाल पराजित
प्रतिक्रिया