गोलबजार नगरपालिकामा EFT सेवा सुचारु

सिरहा । सिरहाको गोलबजार नगरपालिकाले इलेक्ट्रोनिक फण्ड ट्रान्सफर (EFT) सेवा सुचारु गरेको छ। सेवाग्राहीलाई सहज र सरल रुपमा भुक्तानी गर्ने उद्देश्यले पालिकाले औपचारिक रूपमा EFT सेवा सुचारु गरेको हो।
यो सेवामार्फत नगरवासी लगायतका सेवाग्राहीहरुले पालिकामा चेकको लागि आवश्यक कागजात पेस गरे सेवाग्राहीको खातामै ट्रान्सफर हुने प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरिले जनाएको छ। उनका अनुसार अब सेवाग्राहीले सेवा शुल्क, अन्य कर, दस्तुर लगायतका भुक्तानीहरू अनलाइनबाटै भुक्तानी गर्न सकिने बताए ।
सेवा प्रारम्भ गर्दै प्रमुख प्रशासकीय अधिकृत पुरीले भने, ´यो सेवा गोलबजार नगरपालिकाका जनताको आवश्यकता र सुविधालाई ध्यानमा राखेर ल्याइएको हो। अब नगरवासीहरूले बैंकमा लाइन लाग्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन्। उनले थपे, ´यो सेवा आजबाट सुरु गरिएको हो। चैतदेखि पुर्णरुपमा अनलाइन प्रणालीबाट मात्रै भुक्तानी हुने छ।’
EFT सेवा सबै बैंकिङ प्रणालीसँग अनुकूल हुनेछ। नागरिकहरूले आफ्नो बैंक खाताबाट पालिकालाई सिधै रकम ट्रान्सफर गर्न सक्ने लेखा अधिकृत गनेश प्रसाद भण्डारीले जनाएका छन् । उनले भने, ´ यो अनलाइन प्रणालीले पालिकाको राजस्व संकलनमा समेत योगदान पुर्याउनेछ।´
सिरहाको १७ वटा पालिका मध्ये दुईवटा धनगढीमाइ नगरपालिका र नवराजपुर गाउँपालिकाले गत आर्थिक वर्षमा यो सेवा सुचारु गरे पनि केही दिनमै बन्द गरेको थियो।















भारतको एससीबी अस्पतालमा भएको आगलागीमा परी १० जनाको मृत्यु
सन नेपाल लाइफले गर्यो २०८३ सालको क्यालेन्डर लोकार्पण
मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने वन अधिकृत पक्राउ
नेपालगन्जमा १६ औषधि पसल निलम्बनमा
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
किशोरी साहको मुद्दा हेर्न नमिल्नेमा, अर्को पेशी आइतबार
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
प्रतिक्रिया