बारा र पर्साबाट दुई हजार दुई सय ७२ क्वीन्टल धान खरिद

पर्सा। वीरगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बारा र पर्सा जिल्लाबाट दुई हजार दुई सय ७२ क्वीन्टल सोनामन्सुली धान खरिद गरेको छ। कम्पनीले गत मङ्सिर २० गतेदेखि धान खरिद सुरु गरेको हो।
कम्पनीले यो हिउँदमा ३२ हजार क्वीन्टल सोनामन्सुली र १० हजार क्वीन्टल जिरामसिनो धान खरिद गर्ने योजना बनाएको छ। हालसम्ममा जिरामसिनो धान भने कृषकले बिक्रीका लागि ल्याएका छैनन्।
कम्पनीका सूचना अधिकारी समीर दाहालले अपेक्षाकृत रुपमा किसानहरु धान बिक्री गर्न नआएको बताए। ‘‘किसानले अपेक्षा गरेभन्दा कम धान बिक्रीमा ल्याउनुभएको छ’’, उनले भने, ‘‘उहाँहरुले फाट्टाफुट दुई–तीन दिनमा एक गाडी धान लिएर आइरहनुभएको छ।’’
कार्यालयले दैनिक चार बजेभित्र कृषकले ल्याएको धान तौलिन भ्याएमा सोही दिनभित्रै भुक्तानी गर्दै आइरहेको जनाएको छ। विगतका दुई वर्ष बजार मूल्यभन्दा सरकारले तोकेको समर्थन मू्ल्य कम भएपछि किसानले कम्पनीलाई धान बेचेका थिएनन्। सरकारले यो वर्ष सोनामन्सुली धानप्रति क्वीन्टल रु तीन हजार पाँच सय ८० रुपैयाँ ६२ पैसा समर्थन मूल्य तोकेको छ। त्यसैगरी जिरामसिनोको समर्थन मूल्य प्रतिक्वीन्टल रु चार हजार तोकेको छ।
यसैबीच, गत आवमा धान, चामल आयात घटेको छ। अघिल्ला आर्थिक वर्षहरुको तुलनामा गत आवमा वीरगञ्ज भन्सार हुँदै आयात हुने चामल आयातमा उच्च गिरावट आएको छ। भारत सरकारले धान, चामल निर्यातमा कोटा प्रणाली हटाएर थप २० प्रतिशत कर लाग्ने व्यवस्था गरेसँगै सो को प्रभाव नेपालमा देखिएको हो।
कार्यालयका अनुसार गत आव २०८०/८१ मा रु आठ अर्ब २८ करोड ५५ लाख ४२ हजार मूल्य बराबरको २० करोड ८० लाख ९२ हजार चार सय ४८ किलो धान आयात भएको थियो। आव २०७९/८० को तुलनामा गत आवमा धान आयातको परिमाण ४४ दशमलव ६० प्रतिशतले घटेको हो।
आव २०७९/८० मा १३ अर्ब ७६ करोडको धान आयात गरिएको थियो। सो आवमा ३८ करोड ५५ लाख ८८ हजार तीन सय ३९ किलो धान आयात गरिएको थियो।
गत आव २०८०/८१ मा वीरगन्ज भन्सार हुँदै रु एक अर्ब ७२ करोड ६२ लाख ५३ हजार मूल्यबराबरको एक करोड ३२ लाख ४१ हजार तीन सय ७३ किलो चामल आयात भएको छ। अघिल्लो आवको तुलनामा गत आवमा आयात भएको चामलको परिमाण ६३ दशमलव ८० प्रतिशतले कमी हो।
आव २०७९/८० मा भने रु दुई अर्ब ९५ करोड ९९ लाख ४४ हजार मूल्य पर्ने तीन करोड ६५ लाख ८२ हजार छ सय ८३ किलो चामल आयात भएको थियो।
















अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
प्रत्यक्षतर्फ ११ जिल्लाको मतपत्र छपाइ सकियाे
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
प्रतिक्रिया