सैफ आक्रमणमा पक्राउ परेका आकाश भन्छन्- प्रहरीकाे गल्तीले मेरो जीवन बर्बाद भयो

काठमाडौं । जनवरी १६ मा अभिनेता सैफ अली खानमाथि आक्रमण भएपछि प्रहरीले आकाश कनोजियालाई शंकास्पद मान्दै पक्राउ गरेको थियो ।
कनोजियाको गिरफ्तारी लगत्तै शरीफुललाई मुम्बईबाट पक्राउ गरी अपराध स्वीकार गरेपछि आकाश रिहा भएका थिए ।
यसैबीच आकाशको बयान बाहिर आएको छ जसमा उनले गिरफ्तारीले आफ्नो जीवन बर्बाद भएको बताएका छन् । पक्राउपछि आफुले जागिर गुमाएको र विवाह समेत टुटेको उनको गुनासो छ।
हालै पीटीआईलाई दिएको अन्तर्वार्तामा ३१ वर्षीय आकाशले भने, ‘’मिडियाले मेरो तस्बिर देखाउन थालेपछि मेरो परिवार स्तब्ध भयो । म यस मामिलामा संदिग्ध हुँ भनी दाबी गरियो। मुम्बई पुलिसको गल्तीले मेरो जीवन बर्बाद भयो। मेरो जुँगा थियो र सैफको भवनको सीसीटीभीमा देखिएका व्यक्तिको जुँगा थिएन, प्रहरीले यो सम्म थाहा पाउन सकेन।”
उनले थप भने, ‘’मलाई प्रहरीको फोन आयो, उनीहरुले कहाँ छौ भनेर सोधे । म घरमा छु भन्ने बित्तिकै कल काटियो। म मेरी भावी दुलहीलाई भेट्न जाँदै थिएँ, तर मलाई दुर्गबाट पक्राउ गरी रायपुर लगियो। त्यसपछि मुम्बई पुलिस त्यहाँ पुग्यो र मलाई शोषण गर्यो।”
कुराकानीमा आकाशले पक्राउपछि आफ्नो जीवन बर्बाद भएको बताए । उनले भने, ‘मैले मेरो हाकिमलाई फोन गर्दा उनले काममा नआउन भने । उनले मेरो व्याख्या पनि सुनेनन् । मैले विवाहको कुरा गरिरहेको केटीले पनि कुरा अघि बढाउन अस्वीकार गरिन् ।’
अब आफु अभिनेता सैफ अलीको भवन बाहिर उभिएर जागिर माग्ने उनले बताए । आकाशले भने, ‘मैले सैफ अली खानको भवन बाहिर उभिएर जागिर माग्ने निर्णय गरेको छु । उनले गर्दा मैले सबै गुमाएँ।’
कुराकानीका क्रममा आकाशले शरीफुललाई पक्राउ गरेपछि आफु बचेको बताए । नत्र आफुलाई नै प्रहरीले मुख्य अभियुक्तको रुपमा पेश गर्ने उनले भनाइ छ ।
















काठमाडौँका यी स्थानमा चार घण्टा बिजुली अवरुद्ध हुने
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया