बैंकिङ प्रणालीबाट ३० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ।
केन्द्रीय बैंकले आज माघ १५ गते फेरि बैंकिङ प्रणालीबाट एकैपटक ३० अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको हो। यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने बैंकले जनाएको छ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।
यो २१ दिने निक्षेप संकलन उपकरणको फागुन ६ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।














प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर
‘युएईमा अमेरिकी लुक्ने ठाउँहरूमा आक्रमण सुरु भयाे ‘- इरान
दक्षिण कोरिया र अमेरिका संयुक्त सैन्य अभ्यास गरिरहँदा उत्तर कोरियाकाे मिसाइल प्रक्षेपण
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
प्रतिक्रिया