उदयपुरमा १३ हजार बढी किशोरीलाई एचपीभी खोप दिइने

उदयपुर (गाईघाट) । जिल्ला स्वास्थ्य कार्यालयले पाठेघरको क्यान्सर विरुद्धको एचपीभी खोप जिल्लाका १३ हजार बढी छात्रा तथा किशोरीलाई दिने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर चिरञ्जिवी निरौलाकाअनुसार जिल्लाको दुई सय ८३ सरकारी तथा नीजि विद्यालयमा अध्ययनरत छात्रा तथा किशोरीलाई उक्त खोप दिन लागिएको हो ।
छ देखि १४ वर्षसम्मका किशोरी तथा छात्रामध्ये १३ हजार ४६ जना विद्यालयमा अध्ययनरत र विद्यालय बाहिरका तीन हजार दुई सय ६५ किशोरीलाई एचपीभी खोप दिने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ ।
यही माघ २३ गतेदेखि फागुन १ गतेसम्म दुई सय ८३ विद्यालयमा एचपीभी खोप शिविर सञ्चालन गरिने भएको छ । जिल्लाको त्रियुगा नगरपालिका, बेलका नगरपालिका, लिम्चुङबुङ गाउँपालिका र रौतामाई गाउँपालिकामा पहिलो चरणमा माघ २३ गतेदेखि २५ गतेसम्म खोप सञ्चालन गरिने छ ।
त्यसैगरी कटारी नगरपालिका, चौदण्डी गढी नगरपालिका र ताप्ली तथा उदयपुरगढी गाउँपालिकामा माघ २८ देखि फागुन १ गतेसम्म दोस्रो चरणमा खोप सञ्चालन गरिने जिल्ला स्वास्थ्यले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यलयका निमित प्रमुख रामनरेश ठाकुरका अनुसार जिल्लामा किशोरी तथा छात्राहरुलाई पहिलो पटक एचपीभी खोप दिन लागिएको हो । खोप लगाउनाले ती किशोरीलाई भविष्यमा पाठेघरको क्यान्सर नलाग्ने वैज्ञानिक तथ्यको आधारमा सरकारले देशभर खोप कार्यक्रम सञ्चालन गर्न लागेको हो ।













प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
निर्वाचनको तयारीबारे गृहमन्त्री र आयोग पदाधिकारीबीच छलफल
आन्तरिक सुरक्षा : स्थिरता, विश्वास र राष्ट्र सन्तुलनको आधार
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
आज २०८२ साल माघ १ गते बिहीवारको राशिफल
प्रतिक्रिया