उदयपुरमा १३ हजार बढी किशोरीलाई एचपीभी खोप दिइने

उदयपुर (गाईघाट) । जिल्ला स्वास्थ्य कार्यालयले पाठेघरको क्यान्सर विरुद्धको एचपीभी खोप जिल्लाका १३ हजार बढी छात्रा तथा किशोरीलाई दिने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर चिरञ्जिवी निरौलाकाअनुसार जिल्लाको दुई सय ८३ सरकारी तथा नीजि विद्यालयमा अध्ययनरत छात्रा तथा किशोरीलाई उक्त खोप दिन लागिएको हो ।
छ देखि १४ वर्षसम्मका किशोरी तथा छात्रामध्ये १३ हजार ४६ जना विद्यालयमा अध्ययनरत र विद्यालय बाहिरका तीन हजार दुई सय ६५ किशोरीलाई एचपीभी खोप दिने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ ।
यही माघ २३ गतेदेखि फागुन १ गतेसम्म दुई सय ८३ विद्यालयमा एचपीभी खोप शिविर सञ्चालन गरिने भएको छ । जिल्लाको त्रियुगा नगरपालिका, बेलका नगरपालिका, लिम्चुङबुङ गाउँपालिका र रौतामाई गाउँपालिकामा पहिलो चरणमा माघ २३ गतेदेखि २५ गतेसम्म खोप सञ्चालन गरिने छ ।
त्यसैगरी कटारी नगरपालिका, चौदण्डी गढी नगरपालिका र ताप्ली तथा उदयपुरगढी गाउँपालिकामा माघ २८ देखि फागुन १ गतेसम्म दोस्रो चरणमा खोप सञ्चालन गरिने जिल्ला स्वास्थ्यले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यलयका निमित प्रमुख रामनरेश ठाकुरका अनुसार जिल्लामा किशोरी तथा छात्राहरुलाई पहिलो पटक एचपीभी खोप दिन लागिएको हो । खोप लगाउनाले ती किशोरीलाई भविष्यमा पाठेघरको क्यान्सर नलाग्ने वैज्ञानिक तथ्यको आधारमा सरकारले देशभर खोप कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
प्रतिक्रिया