सुदूरपश्चिम अटोमोबाइलस् एसोसिएंसनको अध्यक्षमा पुष्कर राज ओझा निर्वाचित

धनगढी । सुदूरपश्चिम अटोमोबाइलस् एसोसिएंसनको अध्यक्षमा पुष्कर राज ओझा निर्वाचित भएका छन् । धनगढीमा सम्पन्न साधारण सभाद्धारा ओझाको नेतृत्वमा संघको नयाँ कार्यसमिती निर्विरोध निर्वाचित भएको हो ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दिपक बहादुर सिंहले सो साधारण सभाको उदघाटन गर्नु भएको थियो । कार्यसमितिको उपाध्यक्षमा श्याम जोशी, सचिब प्रजापति जोशी र कोषाध्यक्षमा स्मारिका बम निर्वाचित भए । त्यसैगरी सदस्यहरुमा सुमन सैंजू, एलिस भण्डारी र दीपेन्द्र राना चयन भए भने विनोद बलायरलाई समितिको सदस्य मनोनित गरियो ।
विगत सोह्र वर्षदेखी मोटरस्पोर्टस्, अटोमोवाइल मोविलिटि, सडक सुरक्षा, र अटोमोवाइल क्षेत्रको पेशागत हकहितमा कार्य गर्दै आएको नेपाल अटोमोवाइल्स एसोसिएसनको सुदूरपश्चिम प्रदेश संघको रुपमा दर्ता भएको सो सुदूरपश्चिम अटोमोबाइलस् एसोसिएंसन सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्मा आवद्ध रहेकोे छ ।
साधारण सभाले धनगढी अटोक्रस र र्याली, मोटरसाइकल फ्ल्याट रेसिङ्, टुरिङ र्याली तथा सडक सुरक्षाको लागि युवा कार्यशाला जस्ता कार्यक्रम समेत पारित गरेको छ ।
कर्णाली प्रदेश खेलकुद परिषदका पूर्व सदस्य सचिब विश्वामित्र सञ्जेल र नेपाल अटोमोबाइल्स एसोसिएसन ट्रेनिङ्ग तथा मार्शल कमिसनका सचिब आशिष रौनियारले नवनिर्बाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिनु भएको थियो । एफआइए वल्र्ड काउन्सिल मेम्बर गोविन्द भट्टराईले राष्ट्रिय संघ र अन्तर्राष्ट्रिय महासंघहरूका क्यालेण्डर बारेमा प्रकास पार्नु भएको थियो ।















सार्वजनिक प्रसारण संस्थाले सामग्रीको गुणस्तर र प्रभावकारिता बढाउनुपर्छः उपराष्ट्रपति
ग्यास्ट्रिक बिग्रिएर बालबच्चामा हुन सक्छ अल्सर
विशेष पूजा गरी मनाइयो पशुपतिनाथको ‘छायाँ दर्शन’
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
प्रतिक्रिया