शनिबार, पुष ५, २०८२

सेयर बजार बन्द, अब सेयर बजार आइतबार मात्र खुल्ने

मेरोन्यूज २०८१ माघ १६ गते १०:३९

काठमाडौं । सेयर बजार बुधबार र बिहीबार बन्द हुने भएको छ । आज बुधबार माघ १६ गते शहिद दिवस र भोलि बिहीबार माघ १७ गते सोनाम ल्होछार परेकाले सरकारले सार्वजनिक विदा दिएको हो ।

तसर्थ, सो दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।

अब सेयर बजार आइतबार बिहान ११ बजेमात्र खुल्नेछ । बैंक–वित्तीय संस्था भने शुक्रबार नै नियमितरुपमा खुला हुनेछन् ।
 

प्रतिक्रिया