डोल्पामा आगलागी हुँदा १ जनाको मृत्यु

डोल्पा। मुड्केचुला गाउँपालिका–४ ईल गाउँमा आज बिहान आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । ईल गाउँस्थित बादी सार्कीको घरमा आगलागी हुँदा ७५ वर्षीया सार्कीको सुतेको अवस्थामा ज्यान गएको मुड्केचुला–४ का वडाध्यक्ष कृतिबहादुर बुढाले जानकारी दिए ।
उनका अनुसार आगलागीबाट सार्कीको कच्ची दुई तले घर पूर्णरूपमा क्षति भएको छ । वृद्धावस्था र शारीरिक अशक्तका कारण घरभित्र चुलो नजिक सुतिरहेको अवस्थामा ओढेको कम्मल जल्दा आगलागी भई सार्कीको निधन भएको हो ।
मृतक सार्कीका ज्वाइँ र छोरी खेत गएको बेला घरमा आगलागी भएको थियो । आगलागीपछि ईलस्थित प्रहरी चौकीका सुरक्षाकर्मी, स्थानीय, जनप्रतिनिधिलगायतले गोठमा भएका पशुचौपायाको सकुशल उद्धार गरेको वडाअध्यक्ष बुढाले बताए ।
आगलागीको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान टोली घटनास्थलतर्फ आउन लागेको जनाउँदै वडाध्यक्ष बुढाले अहिले क्षतिको विवरण सङ्कलन भइरहेको उल्लेख गरे ।

















पुराना पार्टीले गरेका गलत कामका कारण अहिलेको परिणाम : डोलप्रसाद अर्याल
‘अफ्रिकन स्वाइन फिभर’का कारण १२० बीस बङ्गुर मरे
जनताले विश्वास गरेका छन्, काम गरेरै देखाऔं : उपसभापति वाग्ले
ढोरपाटनका दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’मा उपचार जारी
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
काठमाडौं पिंक केयराथन २०२६ सम्पन्न
प्रतिक्रिया