बिहीबार, वैशाख १७, २०८३

अमेरिकाको राजधानी वाशिंटन डिसीमा यात्रुवाहक विमान र हेलिकप्टर आकाशमा ठोकिए

मेरोन्यूज २०८१ माघ १७ गते १०:४५

बीबीसी। वाशिंटन डिसीस्थित रोनल्ड रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको एउटा यात्रुवाहक विमान अर्को हेलिकप्टरसँग आकाशमै ठोक्किएको अमेरिकाको संघीय नागरिक उड्डयन निकाय (एफएए)ले जनाएको छ।

Advertisement
NiccNicc

स्थानीय समयानुसार बेलुकी ९ बजेतिर हावामा हेलिकप्टरसँग ठोकिएपछि अमेरिकन एअरलाइन्सको उक्त विमान वाशिड्टन डिसीमा बग्ने पोटोम्याक नदीमा खसेको थियो।

चालक दलका चार र यात्रु ६० जना सवार उक्त विमान क्यान्सास राज्यको विचिटाबाट प्रस्थान गरेको थियो।

एफएएले विमान रेगन वाशिङ्टन न्याश्नल एअरपोर्टको धावनमार्ग ३३ मा अवतरणका लागि जाँदै गर्दा उक्त घटना भएको सीबीएस न्यूजलाई दिएको एउटा वक्तव्यमा जनाएको छ। अमेरिकी अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका छन्।

दुर्घटनामा परेको हेलिकप्टर अमेरिकी सेनाको ‘ब्ल्याक हक’ भएको र त्यसमा तीन सैनिक रहेको एक अधिकारीले अमेरिकास्थित बीबीसीको साझेदार सीबीएसलाई बताएका छन्।

नाम उल्लेख नगर्ने सर्तमा अर्का एक अधिकारीले समाचारसंस्था रोएटर्सलाई ती सैनिकहरूको अवस्था अज्ञात रहेको जानकारी दिएका छन्। तर उनका अनुसार उक्त हेलिकप्टरमा वरिष्ठ सैन्य अधिकारी थिएनन्।

वाशिंटन डिसीमा तापक्रम निकै कम भएकाले उद्धारकार्य चुनौतीपूर्ण हुने देखिएको छ।

प्रतिक्रिया