प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । आजवाट संसदको हिउँदे अधिवेसन सुरू हुदैँछ ।
जसअनुसार संघीय संसद सचिवालयले प्रतिनिधिसभा तर्फको सम्भावित कार्यसुची सार्बजनिक गरेको छ । बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ ।
जसअनुसार सभामुख देवराज घिमिरेले धिवेसन आब्हान सबन्ध राष्ट्रपतिवाट प्राप्त पत्र पढेर सुनाउने छन भने उनले नै राष्ट्रपति कार्यालयको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयवाट प्राप्त मन्त्रीपरिषद सदस्यको कार्यभार तोकिएको सबन्धी पत्रको ब्यहोरा जानकारी दिनेछन् ।
त्यसपछि आजको बैठकमा प्रतिनिधिसभा नियमावली २०७९ नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सांसदहरूको नामावली सार्बजनिक गर्नेछन भने बैठक आरम्भको अवसरमा दलीय मान्यता अनुसारको धारणा र मन्तब्य राख्ने क्रम सुरू हुनेछ।
साथै, सुशाषन प्रबर्धन तथा सार्बजनिक सेवा प्रवाह सबन्धी केही नेपाल एेनलाइ संसोधन गर्ने अध्यादेश–२०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गर्ने संसद सचिवालयले जनाएको छ ।
उता, आर्थिक कार्यबिधी तथा बित्तिय उत्तरदायित्व (पहिलो संसोधन) अध्यादेश–२०८१, नीजिकरण (पहिलो संसोधन) अध्यादेश–२०८१, आर्थिक तथा ब्यावसायिक वातावरण सुधार र लगानी अभिबृद्दी सबन्धी केही नेपाल एेनलाइ संसोधन गर्ने अध्यादेश–२०८१ भने उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले पेश गर्नेछन् ।
भुमी ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘सहकारी सबन्धी केही नेपाल एेन संसोधन गर्ने अध्यादेश, र भुमी सबन्धी केही नेपाल एेनलाइ संसोधन गर्ने अध्यादेश पेश गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।
साथै, बैठकमा पुर्वसभामुख दमननाथ ढुंगाना तथा संविधानसभा सदस्य रामजीप्रसाद शर्मा निधनमा शोक प्रस्ताव प्रस्तुत गरिनेछ ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया