प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । आजवाट संसदको हिउँदे अधिवेसन सुरू हुदैँछ ।
जसअनुसार संघीय संसद सचिवालयले प्रतिनिधिसभा तर्फको सम्भावित कार्यसुची सार्बजनिक गरेको छ । बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ ।
जसअनुसार सभामुख देवराज घिमिरेले धिवेसन आब्हान सबन्ध राष्ट्रपतिवाट प्राप्त पत्र पढेर सुनाउने छन भने उनले नै राष्ट्रपति कार्यालयको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयवाट प्राप्त मन्त्रीपरिषद सदस्यको कार्यभार तोकिएको सबन्धी पत्रको ब्यहोरा जानकारी दिनेछन् ।
त्यसपछि आजको बैठकमा प्रतिनिधिसभा नियमावली २०७९ नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सांसदहरूको नामावली सार्बजनिक गर्नेछन भने बैठक आरम्भको अवसरमा दलीय मान्यता अनुसारको धारणा र मन्तब्य राख्ने क्रम सुरू हुनेछ।
साथै, सुशाषन प्रबर्धन तथा सार्बजनिक सेवा प्रवाह सबन्धी केही नेपाल एेनलाइ संसोधन गर्ने अध्यादेश–२०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गर्ने संसद सचिवालयले जनाएको छ ।
उता, आर्थिक कार्यबिधी तथा बित्तिय उत्तरदायित्व (पहिलो संसोधन) अध्यादेश–२०८१, नीजिकरण (पहिलो संसोधन) अध्यादेश–२०८१, आर्थिक तथा ब्यावसायिक वातावरण सुधार र लगानी अभिबृद्दी सबन्धी केही नेपाल एेनलाइ संसोधन गर्ने अध्यादेश–२०८१ भने उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले पेश गर्नेछन् ।
भुमी ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘सहकारी सबन्धी केही नेपाल एेन संसोधन गर्ने अध्यादेश, र भुमी सबन्धी केही नेपाल एेनलाइ संसोधन गर्ने अध्यादेश पेश गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।
साथै, बैठकमा पुर्वसभामुख दमननाथ ढुंगाना तथा संविधानसभा सदस्य रामजीप्रसाद शर्मा निधनमा शोक प्रस्ताव प्रस्तुत गरिनेछ ।













पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
पुतिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
रवि–बालेनबिच ७ बुँदे सम्झौता : दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
प्रतिक्रिया