आइतबार, चैत १, २०८२

काव्य स्कूललाई शशिला मोटर्सद्वारा १६ हाइगर इभी भ्यान हस्तान्तरण

मेरोन्यूज २०८१ माघ १८ गते १२:२४

काठमाडौं। काव्य स्कूलले एकैदिन १६ वटा हाइगर इभी भ्यान थपेको छ।

Advertisement
nepal life insurencenepal life insurence

काठमाडौंस्थित शशिला मोटर्स प्रालिले विद्यालयलाई एकै पटक १६ वटा विद्युतीय गाडी हस्तान्तरण गरेको हो।

नयाँ बानेश्वरस्थित काव्य स्कूलको प्रांगणमा आयोजित कार्यक्रममा शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले विद्यालयका प्रिन्सिपल नवराज बास्कोटालाई गाडीको चाबी हस्तान्तरण गरेका हुन्। विद्यालयले १६ सिट क्षमताका ४ र १४ सिट क्षमताका १२ वटा हाइगर इभी भ्यान खरिद गरेको छ।

प्रिन्सिपल बास्कोटाले हाइगर ब्राण्डको विश्वसनीयता र शशिला मोटर्सको सर्भिसका कारण विद्यालयले हाइगर इभी भ्यान रोजेको बताए। उनले नयाँ विद्युतीय भ्यान थपिएपछि विद्यार्थीलाई प्रदान गरिने सेवा झनै गुणस्तरीय हुने विश्वास व्यक्त गरे।

शशिला मोटर्सका प्रबन्ध निर्देशक खतिवडाले गाडी बिक्री मात्र नभई बिक्रीपछिको सेवा प्रभावकारी बनाउने आफ्नो प्राथमिकता रहेको उल्लेख गरे। उनले गाडीको दीर्घकालीन सञ्चालनका लागि आवश्यक सेवा तथा समन्वय सुनिश्चित गर्ने प्रतिबद्धता जनाए।

शशिला मोटर्स नेपालमा कमर्सियल गाडीहरूको बिक्री तथा वितरणमा स्थापित डिलर हो। कम्पनी विश्व प्रसिद्ध हाइगर ब्राण्डको आधिकारिक बिक्रेता रहेको छ। हाइगरले १३० भन्दा बढी देशमा उपस्थिति जनाइसकेको छ भने ‘चाइनिज फेमस ट्रेडमार्क’ र ‘चाइनिज फेमस ब्राण्ड’को उपाधि समेत प्राप्त गरेको छ ।

प्रतिक्रिया