विपन्न परिवारलाई निःशुल्क खानेपानी र बिजुली

झापा। मेचीनगर नगरपालिका–२ ले आफ्ना वडाका विपन्न परिवारका घरमा शुद्ध खानेपानी र बिजुलीबत्ती निःशुल्क जडान गरिदिएको छ । वडाका अति विपन्न परिवारको पहिचान गरी बत्ती र खानेपानीको धारा निःशुल्क रुपमा जडान गरिरहेको वडाध्यक्ष दीपक बरालले बताए ।
उनले वडाले गत वर्षदेखि विपन्नको घरमा टिनको छाना लगाइदिने र बत्ती पानी जडानका लागि बजेट नै विनियोजन गर्दै आएको बताए । उनले भने, “स्वस्थ रहनका लागि खानेपानी खान पाउनु सबैको अधिकार हो, त्यही उद्देश्यले खर्च गरेर धारा जडान र बत्ती बाल्न नसक्नेका लागि काम गरिरहेका छौं ।”
उनले वडाले चालु आर्थिक वर्षमा विपन्न परिवारको घरको छाना फेर्ने, खानेपानीको धारा जडान गर्ने र बिजुलीबत्तीका लागि दुई लाख ७५ हजार बजेट विनियोजन गरेको बताए । आर्थिक अवस्थाका कारण खानेपानीको धारा जडान गर्न नसकेका ३० घरपरिवारको वडाले निःशुल्क रुपमा धारा जडान गरिरहेको वडाध्यक्ष बरालले बताए ।
प्रतिघरमा रु दश हजार ५०० खर्च गरेर धारा जडान गर्ने काम भइरहेको उनको भनाइ छ । दुई वर्षअघि निर्वाचित बनेर आएका जनप्रतिनिधिको पहलमा वडाका सबै स्थानमा खानेपानी र बिजुलीबत्तीको पहुँच पुगेको छ ।
शंकर टोलकी ६१ वर्षीया बुद्धमाया दर्जीले भने, “वडाध्यक्ष हाम्रो भगवान जस्तै बनेर आउनुभएको छ, घर चुहियो भने टिन फेरिदिनुहुन्छ, पानीको धारा र बत्ती पनि निःशुल्क दिए ।” अध्यक्ष बरालले वडामा अशक्त, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकले पाउँदै आएको सुरक्षाभत्ता समेत घरघरमा पुर्याइदिने व्यवस्था मिलाइदिएको बताए ।
















योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता निकाय खारेज हाेइन, सुधार गर्छाैं: प्रधानमन्त्री
गतिशील सहकारीका अध्यक्ष पाठकविरुद्ध सात दिन म्याद थप
यी हुन् मन्त्रिपरिषद्का निर्णय
सिंहदरबार पुगेर गृहमन्त्रीको राजीनामा माग्ने विद्यार्थी पक्राउ
सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
प्रतिक्रिया