क्रिप्टो कारोबार आरोपमा ७ जना पक्राउ

काठमाडौं। प्रहरीले संगठित रूपमा क्रिप्टो करेन्सीको कारोबार गर्ने र ठगी गर्ने समूहका सात जनालाई पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले सात जनालाई पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरूमा कैलालीको बर्दगोरिया गाउँपालिका–६ का २२ वर्षीय माइकल डंगौरा, सोही ठाउँका २६ वर्षीय अनिल विश्वकर्मा, बुढानिलकण्ठ–८ का पियुष श्रेष्ठ, दोलखाको भीमेश्वर नगरपालिका–४ का १९ वर्षीय आश्विन चौलागाई, रौतहटको गौर नगरपालिका–९ का २२ वर्षीय सत्यमकुमार सहनी, भारतको बिहारका २७ वर्षीय रोशन कुमार र बिहारकै ३६ वर्षीय मुन्ना कुमार छन् ।
उनीहरूले नेपालमा संगठित रूपमै क्रिप्टोको कारोबार र अनलाइन ठगी सञ्चालन गरिरहेको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूबाट दुई वटा सुपर कम्प्युटर, १३ वटा मोबाइल फोन, १९ वटा चेक र साढे ५ लाख नगद बरामद गरेको छ।
यस विषयमा थप अनुसन्धान अघि बढाइएको सिआइबीले जनाएकाे छ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया