थाइल्याण्ड बिरूद्द नेपालकाे पहिलो ब्याटिङ जारी
मेरोन्यूज
२०८१ माघ १९ गते १२:५६

काठमाडौं । नेपालले महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलाको आफ्नो दोस्रो खेलमा थाइल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु वर्माले टस जितेर ब्याटिङको निर्णय गरेकी हुन् । खेल सुरू भएको छ ।
नेपालले आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध २० रनको पराजय बेहोरेको थियो तर आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सलाई ८ विकेटले हराएको थाइल्यान्ड लगातार दोस्रो जितको लक्ष्यमा छ ।
नेपालले सुरुआती ११ मा एक खेलाडी परिवर्तन गरी इश्वरी विष्टको ठाउँमा ममता चौधरीले मौका दिइएको छ ।
नेपालको प्लेइङ-११
इन्दु बर्मा (कप्तान), सीता रानामगर, रुविना क्षेत्री, विन्दु रावल, सम्झना खड्का, कविता कुवँर, पुजा महतो, कविता जोशी, मनिषाकुमारी उपाध्याय, अलिशाकुमारी यादव, ममता चौधरी
सम्बन्धित











कार्यकर्तालाई कार्यवाहक सभापति खड्काकाे आह्वान : चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नू
4 killed, 23 injured as bus plunges into ravine in Philippines
सुरुङमार्गमा काम गर्ने क्रममा माथिबाट ढुंगा खस्दा मजदुरको मृत्यु
Newly-appointed Foreign Affairs Minister Sharma takes oath of office
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
प्रतिक्रिया