थाइल्याण्ड बिरूद्द नेपालकाे पहिलो ब्याटिङ जारी
मेरोन्यूज
२०८१ माघ १९ गते १२:५६

काठमाडौं । नेपालले महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलाको आफ्नो दोस्रो खेलमा थाइल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु वर्माले टस जितेर ब्याटिङको निर्णय गरेकी हुन् । खेल सुरू भएको छ ।
नेपालले आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध २० रनको पराजय बेहोरेको थियो तर आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सलाई ८ विकेटले हराएको थाइल्यान्ड लगातार दोस्रो जितको लक्ष्यमा छ ।
नेपालले सुरुआती ११ मा एक खेलाडी परिवर्तन गरी इश्वरी विष्टको ठाउँमा ममता चौधरीले मौका दिइएको छ ।
नेपालको प्लेइङ-११
इन्दु बर्मा (कप्तान), सीता रानामगर, रुविना क्षेत्री, विन्दु रावल, सम्झना खड्का, कविता कुवँर, पुजा महतो, कविता जोशी, मनिषाकुमारी उपाध्याय, अलिशाकुमारी यादव, ममता चौधरी
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया