नवलपरासीमा बस र हायस ठोक्किँदा एकजनाको मृत्यु, नौ घाइते
मेरोन्यूज
२०८१ माघ १९ गते १६:२८

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दुम्कीवास जंगल क्षेत्रमा बस र ईभी हायस एकापसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । नौजना घाइते छन् ।
विनयी त्रिवेणी गाउँपालिका–१, दुम्कीवासस्थित डिभिजन वन कार्यालयनजिकै यात्रुवाहक बस र ईभी हायस एकापसमा ठोक्किँदा भारतको पश्चिम बंगाल राज्यको मिधिनिपुरका ४० वर्षीय शंकरको मृत्यु भएको हो । हायसमा सवार नौजना घाइते रहेका जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले बताए ।
काठमाडौंबाट दाङ जाँदै गरेको रा१ख ३३६१ नम्बरको बस र बुटवलबाट काठमाडौं जाँदै गरेको प्र ०१–००६ ख ७८०८ नम्बरको ईभी हायस एकापसमा ठोक्किएका हुन् । हायसमा सवार सबै यात्रु भारतको मिधिनिपुरका रहेका र स्थानीय अस्पतालमा उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित













बुढानीलकण्ठमा मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको मृत्यु
युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री कार्की
सानिमा रिलायन्सद्वारा इलामको पहिरो प्रभावित क्षेत्रलाई आर्थिक सहयोग
सडक मर्मतमा ढिलाइ गरे पेनाल्टी तिराउँछाैं : मन्त्री घिसिङ
कर्णालीका तीन जिल्लामा ८६ वटा टेलिकमका टावर विस्तार
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
प्रतिक्रिया