यी देशबाट हुने वस्तुमा अमेरिकाले बढायो शुल्क

न्युयोर्क । अमेरिकाले क्यानडा, मेक्सिको र चिनियाँ समानमा अतिरिक्त कर लगाउने निर्णय लागु गरेको छ । सो निर्णय अनुसार मेक्सिको र क्यानडाको सामानमा २५-२५ प्रतिशत अतिरिक्त शुल्क लाग्ने छ। चिनियाँ सामानमा भने १० प्रतिशत अतिरिक्त कर लाग्ने छ।
क्यानडाबाट हुने ऊर्जा आयातमा १० प्रतिशत कर लाग्ने ट्रम्पको निर्णयमा उल्लेख छ। चीन र क्यानडाको सामानमा लाग्ने अतिरिक्त करको निर्णय मङ्गलबार रातिबाट सुरु हुने छ।
यसैगरी मेक्सिकोका सामान माथिको करको निर्णय लागु हुने डेट लाइन तय भएको छैन। मेक्सिकोकी राष्ट्रपति क्लाउडियो सियानबमले सो निर्णय स्वीकार गर्न आफ्नो देश तयार भइसकेको बताएकी छिन्।
ट्रम्पको निर्णयको देश भित्र र बाहिर दुवै ठाउँमा विरोध भएको छ। नेसनल एसोसिएसन अफ होम विल्डर्सले विज्ञप्ति जारी गर्दै क्यानडा र मेक्सिकोबाट धेरै कच्चा पदार्थ आउने भएका कारण यो निर्णयले भवनको मूल्य बढ्ने जनाएका छन्।
स्टिल वर्कर, डिस्टिलरी कम्पनी तथा फुटवेयरसँग सम्बन्धित निकायले यो निर्णयले आफ्नो उत्पादन महँगो हुन जाने बताएका छन्। यसैगरी अमेरिकी कृषक समूहले ट्रम्पको सो निर्णयको विरोध गरेका छन्।













गोली प्रहार गर्न मैले कुनै आदेश दिएको छैन, कानुनले पनि दिँदैन : पूर्वगृहमन्त्री लेखक
चिडियाखानाको व्यवस्थापनलाई सहज बनाउँछाैं : मन्त्री चौलागाईं
रमेश लेखकले जाँचबुझ आयोगलाई दिएको बयानमा के भने ? (पूर्णपाठ)
सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’
समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
प्रतिक्रिया