बुधबार, वैशाख १६, २०८३

यी देशबाट हुने वस्तुमा अमेरिकाले बढायो शुल्क

मेरोन्यूज २०८१ माघ २० गते ८:२५
Former U.S. President Donald Trump attends the Trump Organization civil fraud trial, in New York State Supreme Court in the Manhattan borough of New York City, U.S., November 6, 2023. Eduardo Munoz/Pool via REUTERS

न्युयोर्क । अमेरिकाले क्यानडा, मेक्सिको र चिनियाँ समानमा अतिरिक्त कर लगाउने निर्णय लागु गरेको छ । सो निर्णय अनुसार मेक्सिको र क्यानडाको सामानमा २५-२५ प्रतिशत अतिरिक्त शुल्क लाग्ने छ। चिनियाँ सामानमा भने १० प्रतिशत अतिरिक्त कर लाग्ने छ।

Advertisement
NiccNicc

क्यानडाबाट हुने ऊर्जा आयातमा १० प्रतिशत कर लाग्ने ट्रम्पको निर्णयमा उल्लेख छ। चीन र क्यानडाको सामानमा लाग्ने अतिरिक्त करको निर्णय मङ्गलबार रातिबाट सुरु हुने छ।

यसैगरी मेक्सिकोका सामान माथिको करको निर्णय लागु हुने डेट लाइन तय भएको छैन। मेक्सिकोकी राष्ट्रपति क्लाउडियो सियानबमले सो निर्णय स्वीकार गर्न आफ्नो देश तयार भइसकेको बताएकी छिन्।

ट्रम्पको निर्णयको देश भित्र र बाहिर दुवै ठाउँमा विरोध भएको छ। नेसनल एसोसिएसन अफ होम विल्डर्सले विज्ञप्ति जारी गर्दै क्यानडा र मेक्सिकोबाट धेरै कच्चा पदार्थ आउने भएका कारण यो निर्णयले भवनको मूल्य बढ्ने जनाएका छन्।

स्टिल वर्कर, डिस्टिलरी कम्पनी तथा फुटवेयरसँग सम्बन्धित निकायले यो निर्णयले आफ्नो उत्पादन महँगो हुन जाने बताएका छन्। यसैगरी अमेरिकी कृषक समूहले ट्रम्पको सो निर्णयको विरोध गरेका छन्।

प्रतिक्रिया