खैरो हेरोइनसहित चन्द्रनिगाहपुरबाट १ जना पक्राउ

रौतहट । पूर्व पश्चिम राजमार्ग सँग जोडिएको रौतहटको चन्द्रनिगाहपुरबाट १ जना मानिस लागुऔषध खैरो हेरोईनसहित पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका ४ का ३१ बर्षीय सागर श्रेष्ठ रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार राय द्वारा सोमवार जारी सूचनामा उल्लेख गरिएको छ। उनीमाथि लागुऔषध सम्बन्धी मुद्दा दायर गरी आईतबार जिल्ला अदालत गौरबाट म्याद थमाई थप अनुसन्धान भइरहेको सूचनामा भनिएको छ।
गत शनिबार दिउँसो बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरबाट गएको टोलीले चन्द्रपुर- ४ चिडियादल टोलबाट उनलाई पक्राउ गरेको थियो। उनको साथबाट डेढ ग्राम खैरो हेरोईन बरामद भएको ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले बताएका छन्। पछील्लो समय जिल्लाको उत्तरी भेग चन्द्रपुर नगरपालिका आसपास युवाहरुमा लागुऔषध सेवनको दुर्व्यसन बढ्दै गएको पाइएको छ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया