खैरो हेरोइनसहित चन्द्रनिगाहपुरबाट १ जना पक्राउ

रौतहट । पूर्व पश्चिम राजमार्ग सँग जोडिएको रौतहटको चन्द्रनिगाहपुरबाट १ जना मानिस लागुऔषध खैरो हेरोईनसहित पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका ४ का ३१ बर्षीय सागर श्रेष्ठ रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार राय द्वारा सोमवार जारी सूचनामा उल्लेख गरिएको छ। उनीमाथि लागुऔषध सम्बन्धी मुद्दा दायर गरी आईतबार जिल्ला अदालत गौरबाट म्याद थमाई थप अनुसन्धान भइरहेको सूचनामा भनिएको छ।
गत शनिबार दिउँसो बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरबाट गएको टोलीले चन्द्रपुर- ४ चिडियादल टोलबाट उनलाई पक्राउ गरेको थियो। उनको साथबाट डेढ ग्राम खैरो हेरोईन बरामद भएको ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले बताएका छन्। पछील्लो समय जिल्लाको उत्तरी भेग चन्द्रपुर नगरपालिका आसपास युवाहरुमा लागुऔषध सेवनको दुर्व्यसन बढ्दै गएको पाइएको छ।









एमालेको काँधमा असाधारण जिम्मेवारी छ : अध्यक्ष ओली
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
राष्ट्रपति पौडेलद्वारा किन्डर ओलम्पिक मस्कर्टको अनावरण
नेपाली कांग्रेस अर्घाखाँचीले प्रत्यक्षतर्फ आठ जनाको नाम सिफरिस
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया