शनिबार, फागुन २, २०८२

जसपाकाे केन्द्रीय कार्यकारिणी समितिमा १० जना थप गर्न प्रस्ताव

मेरोन्यूज २०८१ माघ २१ गते १६:१६

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिमा १० जना थप्ने भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

शनिबार देखी पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा सुरू भएको बैठकमा १० जना थप केन्द्रीय कार्यकारिणी सदस्य थप गर्ने प्रस्ताव भएको छ। 

तर, जारी बैठकमा सैद्दान्तिक सहमति जुटाएर केन्द्रीय समितिबाट अनुमोदन गराउने गरी सो प्रस्ताव पेश भएको हो । हाल कार्यकारिणी सदस्यको संख्या ३१ रहेको छ । यो बैठकवाट प्रस्ताव अनुमोदन भएमा ४१ सदस्सीय हुनेछ ।

साथै, जारी बैठकमा पार्टीको केन्द्रिय विभाग तथा सल्लाहकार समितिलाइ पुर्णता दिइने, आगामी संगठनात्मक, राजनीतिक कार्यक्रम तथा कार्ययोजनामा छलफल चलिरहेको जनाइएको छ ।

बैठकमा समसामयिक राष्ट्रिय राजनीतिक बिषयसहित पार्टीको संगठनात्मक कार्यदिशाबारे  छलफल भइरहेको छ । साथै, करिब ६ महिनादेखि पार्टीले सञ्चालन गर्दै आएको ‘जनतासँग जसपा नेपाल, सङ्गठन निर्माण अभियान’ को बृहत् समिक्षासमेत भइरहेको छ ।

यसअघिको बैठकले केन्द्रदेखि वडास्तरसम्म जारी संगठन निर्माण अभियान कार्यकर्ता र जनतामाझ अत्यन्तै लोकप्रिय, प्रभावकारी र उत्साहजनक रहेको निष्कर्ष निकाल्दै पौष र माघ मसान्तसम्मको लागि अभियानको समयावधि थप गरेको थियो। कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यहरुलाई तोकिएको जिम्मेवारी अनुसार आ-आफ्नो कार्यक्षेत्रअन्तर्गत भए गरेका कार्य प्रगति विवरणको लिखित प्रतिवेदनसहित बैठकमा अनिवार्य उपस्थित हुन भनिए अनुसार रिपोर्टहरू प्रस्तुत भइरहेका छन् ।

शनिवार र आइतवार बोलि नभ्याएका केन्द्रीय कार्यकारिणी समितिका बाँकी नेताहरूले अहिले धारणा राखिरहेका छन् । साथै, मधेश केन्द्रीत दलहरु संयुक्त मोर्चा बनाएर सडकदेखि सदनसम्म संघर्ष गर्ने अन्तिम तयारी गरिरहेको बेला सो बारे पनि जसपा नेपालको कार्यकारिणी बैठकमा छलफल चलिरहेको छ ।

प्रतिक्रिया