मल्पी–लिलावती सिँचाइ कुलो पुनर्निर्माण

काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त काभ्रेपलाञ्चोकको पनौती नगरमा ११ किलोमिटर लामो मल्पी–लिलावती सिँचाइ आयोजनाको कुलोे पुनर्निर्माण गरिएका छन् । यसका लागि करिब तीन हजार स्थानीयले श्रमदान गरेका थिए ।
कात्तिक दोस्रो सातादेखि पुनर्निर्माण थालिएको उक्त आयोजनाको कुलोमा आइतबार पानी परीक्षण समेत गरिएको छ । करिब तीन महिना गरिएको श्रमदानमा पनौती नगरको ४, ७ र ८ नं वडाका कृषक, महिला कृषि सहकारी, विभिन्न युवा क्लब, महिला समूह, आमा समूह, विद्यार्थी, शिक्षकलगायत सहभागी थिए । सरसफाइसहित पुनर्निर्माणको काम सकिएको पनौत–४ का वडाध्यक्ष दीपकप्रसाद दाहालले बताए ।
“अब पनौतीको फाँटमा सिँचाइ गर्न सकिने भएको छ”, उनले भने । सिँचाइ कुलो पुनर्निर्माण गर्न बागमती प्रदेश सरकारबाट ५० लाख प्राप्त भएको उनले बताए । कुलो सफाइका लागि भने श्रमदान अभियानै सञ्चालन गरिएको थियो । आयोजनाको क्षतिग्रस्त २० प्रतिशत संरचना नयाँ निर्माण र ८० प्रतिशत क्षेत्रमा कुलोेमा थुप्रिएको माटो निकालिएको वडाध्यक्ष दाहालले बताए ।
बाढीपहिरोले सिँचाइ आयोजनाको अधिकांश भागमा क्षति पुगेको थियो । जनश्रमदान अभियानबाट कुलो पुनर्निर्माण थालिएको करिब तीन हप्तापछि मल्पीस्थित १ नं गेटसम्म कुलो मर्मत गरी सञ्चालनमा ल्याइएको थियो । उक्त आयोजनाको पुनर्निर्माण सकिएपछि हाल पनौतीको करिब १० हजार रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको छ ।















रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
इजरायली आक्रमणबाट लेबनानमा मृत्यु हुनेको संख्या ९००
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया