मंगलबार, जेठ २७, २०८२

‘सांस्कृतिक र प्राकृतिक सम्पदा नेपालका खुला सङ्ग्राहलय हुन्’

मेरोन्यूज २०८१ माघ २१ गते १७:५१

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालका विविध संस्कृति, प्रकृति र सम्पदा खुला सङ्ग्रहालय भएको बताएका छन् ।

प्राडा सोमप्रसाद खतिवडाद्वारा लिखित हनुमानढोका दरबार क्षेत्रका मूर्त सांस्कृतिक सम्पदा नामक पुस्तक र हुनुमान ढोका स्मारिकाको आज विमोचन गर्दै उनले त्यस्तो बताएका हुन् । मन्त्री पाण्डेले भने, “हामी जीवित सम्पदाले धनी छौँ । विविध संस्कृति, प्रकृति र सम्पदा खुला सङ्ग्राहलयका रूपमा रहेका छन् । यसलाई चलायमान् बनाउन आवश्यक छ ।”

उनले ठूलो पूँजीका रूपमा रहेका जल, जङ्गल र जडिबुटीजस्ता जैविक सम्पदाको संरक्षणमा सबै जुट्नुपर्ने आवश्यकता औँल्याए । प्राकृतिक सम्पदा जोगाउनका लागि प्राज्ञिक र एकेडेमिक रूपमा बहस र छलफल हुनुपर्नेमा मन्त्री पाण्डेको जोड थियो । “सम्पदाको अध्ययन, अन्वेषण हुँदा तथ्य र तथ्याङ्कमा आधारित भई वैज्ञानिक रूपमा पुष्टि हुनेगरी निष्कर्षमा पुग्नुपर्छ । हनुमानढोका दरबार क्षेत्रको मूर्त सांस्कृतिक सम्पदा नामक अनुसन्धात्मक पुस्तकले त्यसमा राम्रो सुरुआत गरेको छ”, उनले भने ।

प्रतिक्रिया