वर्षा लागिसकेकाले अब पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छः अध्यक्ष लिङ्देन
मेरोन्यूज
२०८२ जेठ २४ गते १९:५३

बनियानी। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा लागिसकेकाले अब ठूलो आन्दोलन नहुने भएकाले उपयुक्त समयमा पार्टीले आन्दोलन गर्ने बताएका छन् । झापाको हल्दिबारीमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीले गरिरहेको आन्दोलन राजसंस्था र हिन्दू राष्ट्रका लागि मात्रै नभएको भन्दै उपयुक्त समयमा राप्रपाले ठूलो आन्दोलन गर्ने बताए ।
अध्यक्ष लिङ्देनले राप्रपाले गरिरहेको आन्दोलन राजसंस्था पुनःस्थापना, हिन्दू राज्यसँगै देशमा सुशासन र विकासका लागि पनि भएको बताए । जुनसुकै व्यवस्था आए पनि तीन दशकदेखि सीमित नेताले देशमा नेतृत्व गरिरहेकाले नेतृत्व परिवर्तनको आवश्यकता रहेको उनको भनाइ थियो ।
अध्यक्ष लिङ्देनले संविधानमा रहेका कतिपय कुरामा पार्टीको फरक मत रहे पनि कतिपय राम्रा रहेको उल्लेख गरे ।
सम्बन्धित
















आन्तरिक उत्पादनमा आधारित उपभोग बढाउन आवश्यक : अर्थमन्त्री खनाल
50 missing as boat capsizes in Mediterranean
Sankhuwasabha jeep accident: Identities of two deceased ascertained
आजदेखि डुम्रे–बेँसीसहर सडक तीन दिन बन्द
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
प्रतिक्रिया