शिक्षासहित संसदका तीन समितिको बैठक बस्दै
मेरोन्यूज
२०८१ माघ २२ गते ७:००

काठमाडौं । संघीय संसदका तीन समितिको बैठक बस्दैँछ ।
संसद सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ ।
जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । जुन बैठक दिउँसो १ः०० बजेबाट सुरू हुनेछ ।
उता, विधायन व्यवस्थापन समितिको बैठक अपरान्ह १२ः३० बजे बोलाइएको छ । जुन बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।
साथै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भने राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्याहरुको सम्बन्धमा प्रदेश सरकारका वनसँग सम्बन्धित मन्त्रीहरुसँग छलफल गरिनेछ । जुन बैठक बिहान ११ः०० बजे बस्नेछ ।
सम्बन्धित

















भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
प्रतिक्रिया