आइतबार, चैत १, २०८२

काङ्ग्रेस-एमालेलाई प्रचण्डको प्रश्न- ३५ वर्ष शासन चलाएपछि ६ दिनमा विकास ढिलो भयो ?

मेरोन्यूज २०८१ माघ २४ गते १५:०६

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले नै संसदलाई अवमूल्यन गरेको आरोप लगाएका छन्। उनले सरकारले संसदलाई छल्न खोजेको समेत आरोप लगाए।

Advertisement
nepal life insurencenepal life insurence

बिहीबार संसदमा विशेष समय लिएर बोल्दै दाहालले सरकार संसद अधिवेशनबाट मात्र पन्छिएको मात्रै नभएर अध्यादेश ल्याएर सार्वभौम संसदको उपेक्षा गर्न अग्रसर भएको बताए।

‘पछिल्लो ३५ वर्ष कांग्रेसले १२ पटक, एमालेले सात पटक सरकार चलाएको देखिन्छ, देशको विकास छ दिन ढिलो हुने भो भनेर ल्याउनुभएको हो अध्यादेश? ३५ वर्षसम्म त देशको विकासका लागि ल्याउनुभएन, चमत्कार गर्न खोज्नुभएको हो?,’ उनले प्रश्न गरे।

रातारात अध्यादेशको चोरबाटोले भन्छ सत्तापक्षको नियत सही छैन भन्ने देखाएको दाहालले बताए। ‘बलियो सरकारको अहंकार सुन्नुपरेको छ, शासन अध्यादेशबाट गर्न खोज्ने?,’ उनले भने।

सरकारको अविश्वास विपक्षी सांसदले मात्र नभएर सत्तापक्षकै सांसदबाट अभिव्यक्त भएको उनले दाबी गरे।

‘विकासको लागि हुन्थे भने संसदीय दलमा भएका ठूला विधेयकमा छलफल गर्न सरकार किन डरायो? स्वार्थ समूहलाई पोस्नुपर्ने भएरै अध्यादेश ल्याएको हो भनेर किन आरोप नलगाउने?,’ उनले प्रश्न गरे।

प्रतिक्रिया