सुनिल पौडेलविरूद्भ भ्रष्टाचारको अर्को मुद्दा

काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरूद्ध अर्को भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार पौडेलविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियार प्रवक्ता नरहरि घिमिरेका अनुसार पौडेलसँग ३ करोड ८ लाख ५० हजार ४ सय रुपैयाँ बिगो तथा सजाय माग गरी भ्रष्टाचार मुद्दा दायर गरिएको हो।
उनीविरूद्ध घुस/रिसवत लिएको उजुरीको अनुसन्धान गर्दा उक्त बराबरको रकम बिगो कायम हुन आएकाले भ्रष्टाचार मुद्दा दायर गरिएको घिमिरेले बताए।
पौडेलसँगै भारतीय नागरिक दीपक आनन्दसँग पनि सोही बराबरको बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको छ। पौडेल र नेपालका लागि एफ फाइभ कम्पनीका प्रतिनिधि आनन्दले आपसी मिलेमतोमा केन्द्रलाई आवश्यक पर्ने सामग्री गरिद गर्दा भ्रष्टाचार गरेको ठहर अख्तियारको छ।
यसअघि अख्तियारले नेपाल टेलिकमको प्रवन्ध निर्देशक रहँदा पौडेलले भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
रास्वपाले टुंग्यायो संसदीय समिति सभापति उम्मेदवार
प्रतिक्रिया