मंगलबार, जेठ २७, २०८२

रवि लामिछानेको सांसद पद निलम्बन फुकुवा गर्न रास्वपाको माग

मेरोन्यूज २०८१ माघ २५ गते १३:५१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति एवं सांसद डोलप्रसाद (डीपी) अर्यालले सभापति रवि लामिछानेमाथि संसद्ले पनि प्रतिशोध साधेको आरोप लगाएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन् ।

“सरकारले प्रतिशोध त साध्यो साध्यो, सार्वभौम संसद्ले पनि सरकारको रबैयालाई समर्थन जनाएको हो कि भन्ने महसुस भएको छ,” उनले भने, “एउटा व्यक्ति जो चौथो ठूलो दलको सभापतिमाथि यो हदसम्मको प्रतिशोधको मूल्य यो सरकारले पक्कै पनि चुकाउनुपर्नेछ ।”

उनले लामिछानेको सांसद पद निलम्बनको फुकुवा गर्न सभामुख देवराज घिमिरेसँग आग्रह गरे । “थुनामा नरहेको अवस्थामा सांसद पद निलम्बन नहुने व्यवस्थालाई कार्यान्वयन गर्र्र्दै रवि लामिछानेको सांसद पदको निलम्बन तत्काल फुकुवा गर्न सम्माननीय सभामुख महोदयसँग माग गर्दछु,” उनले भने ।

Advertisement
machhapuchare

प्रतिक्रिया