कृत्रिम जलाशय बनेपछि फस्टाएको तरकारी खेती

दाङ। केही वर्षअघिसम्म हिउँदमा सुक्खा देखिने यहाँको घोराही उपमहानगरपालिकाका खेतबारी अहिले हरियाली देखिन्छन्। स्थानीय तहले पानीको स्रोत संरक्षण गर्दै सिँचाइ सुविधाका लागि कृत्रिम जलाशय निर्माण गरेपछि हरियाली खेतबारी हरियाली हुन थालेको हो।
‘एक वडा, एक जलाशय’ अभियानअन्तर्गत प्रदेश र स्थानीय सरकारको संयुक्त प्रयासमा हालसम्म ४३ वटा जलाशय निर्माण भइसकेका छन्। घोराही उपमहानगरपालिका–१७ स्थित कर्जाहीमा ठूलो कृत्रिम जलाशय निर्माण गरिएको छ।
प्रदेश सरकारको ४५ लाख, स्थानीय सरकारको ५० लाख र उपभोक्ताको पाँच लाख गरी जम्मा एक करोडमा उक्त जलाशय निर्माण गरिएको हो। एक बिघाभन्दा धेरै क्षेत्रफलमा फैलिएको कृत्रिम जलाशय निर्माण गर्नुपूर्व सानो खोल्साका रुपमा रहेको सो सिमसार क्षेत्र हाल विशाल जलाशय बनेको छ।
जलाशयबाट सिँचाइको व्यवस्था गरेपछि सो क्षेत्रमा पानीको समस्या हटेको स्थानीयको भनाइ छ। पानीको सुविधा भएपछि तीन वर्षदेखि व्यावसायिक तरकारीखेती सुरु गरेको स्थानीय रिता चौधरीले बताइन्। श्रीमानको मृत्यु पछि आम्दानीको स्रोत नभएकी उनलाई हिजोआज जीविका चलाउन समस्या छैन। मासिक १० हजारदेखि १५ हजार तरकारी बिक्रीबाट आम्दानी हुने गरेको उनले बताइन्।
‘जमिन र समयको सदुपयोग भएको छ, आम्दानी पनि भएको छ,’ उनले भनिन्, ‘जलाशयको पानीले सिँचाइ हुने भएपछि बाह्रै महिना तरकारी खेतीमार्फत आम्दानी गरिरहेकी छु।’
कर्जाही आसपासका ९५ बिघाभन्दा धेरै जमिनमा जलाशयको पानीमार्फत सिँचाइ पुगेको छ। घोराही उपमहानगरपालिकाले प्रदेश सरकारको आर्थिक सहयोगमा वडा नम्बर १ र २ को सीमाक्षेत्र सुर्केडाँगीमा (चेपे ताल)मा तीन वर्षअघि सात बिघा क्षेत्रफलमा कृत्रिम जलाशय निर्माण गरेको थियो। उक्त जलाशय निर्माणपश्चात् खेती गर्न सहज भएको स्थानीय जुगानी चौधरीको भनाइ छ।
‘जलाशय निर्माण हुनु पहिले पिउने पानीकै समस्या थियो खेती गर्ने त कल्पना मै थिएन। जलाशय बनेपछि व्यावसायिक तरकारीखेती सुरु गरेँ,’ उनले भनिन्, ‘तरकारी बिक्री गरेर मासिक १५ देखि २० हजार आम्दानी गरिरहेकी छु।’
जलाशय संरक्षण समितिका अध्यक्ष एवं वडा नं १ का अध्यक्ष राममणि पाण्डेले ‘जलाशय ठूलो र पानी पनि प्रशस्त भएकाले सिँचाइ गरेर स्थानीयले आम्दानी गरिरहेको बताए। दुई बाली खेती हुने जमिनमा अहिले तीन बाली खेती हुन थालेको छ। पशुचौपाया, वन्यजन्तु, चराचुरुंगीको बासस्थान सुरक्षित गर्न र सिँचाइका लागि कृत्रिम जलाशय निर्माण गरिएको उनले बताए।
नगरलाई सुक्खा हुनबाट बचाउन जलाशय निर्माण प्रभावकारी बनेको घोराही उपमहानगरका नगरप्रमुख नरुलाल चौधरी बताउँछन्। उनले नगरमा पानीका स्रोत बचाउन पानी संकलन केन्द्रमार्फत ‘रिचार्ज’ गरिएको बताए। ‘पानीको अभावलाई कम गर्न र जनतालाई प्रत्यक्ष आम्दानीमा जोड्न कृत्रिम जलाशय निर्माण गरेका हौँ,’ उनले भने, ‘जलाशयले कृषिसँगै जमिन र पारिस्थितिक प्रणालीमा पनि सन्तुलन ल्याउने अपेक्षा छ।’
















गतिशील सहकारीका अध्यक्ष पाठकविरुद्ध सात दिन म्याद थप
यी हुन् मन्त्रिपरिषद्का निर्णय
सिंहदरबार पुगेर गृहमन्त्रीको राजीनामा माग्ने विद्यार्थी पक्राउ
सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
प्रतिक्रिया