टोखामामा सार्वजनिक जग्गामा बनाइएको संरचना हटाइयो

काठमाडौं । काठमाडौंको टोखामा साढे १० रोपनी सार्वजनिक जग्गा अधिग्रहण गरी निर्माण गरिएका संरचना हटाइएको छ ।
टोखा नगरपालिकाको सार्वजनिक जग्गा संरक्षण गर्ने नीति लिएअनुसार टोखा नगरपालिका–५ वडा कार्यालय नजिक वसुन्धरामा निर्माण गरिएको अवैध संरचनामा डोजर लगाएको हो ।
टोखाले सार्वजनिक जग्गामा निर्माण गरिएका घरटहरा हटाउन माघ २४ गतेसम्म समय दिए पनि उक्त समयमा निर्माण गरिएका संरचना नहटाएपछि आज बिहानै डोजर लगाएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्ने नीति लिए अनुसार अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाइएको जानकारी दिए । संरचना हटाएर खाली गरिएको जग्गामा चारैतिर तारबार लगाउने प्रमुख प्रशासकीय अधिकृत बिसीले बताए ।
टोखाले यसअघि विष्णुमती नदीको आसपासमा खोला मिचेर निर्माण गरिएका संरचना हटाएर विष्णुमती ‘करिडोर’ निर्माणको कामलाई अगाडि बढाइसकेको छ ।
नगरपालिकाले नयाँ बसपार्क क्षेत्रको विष्णुमती खोला वरपर सार्वजनिक स्थानमा राखिएका व्यापारीका टहराहरू पनि हटाई सार्वजनिक जग्गाको संरक्षण कार्य शुरू गरेको छ ।















विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
अष्ट्रेलियामा शरण मागेकी इरानी महिला फुटबल टोलीकी कप्तानले निवेदन फिर्ता लिइन्
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
प्रतिक्रिया