नीतिगत र कानुन सुधार गृह मन्त्रालयकाे पहिलाे काम हाेः गृहमन्त्री लेखक

काठमाडौं। गृहमन्त्री रमेश लेखकले नीतिगत र कानुन सुधार गृह मन्त्रालयकाे पहिलाे काम भएको बताएका छन् । शनिबार काठमाडौंस्थित भृकुटीमण्डपमा नेपाल प्रहरी क्लबकाे भवन उद्घाटन समारोहमा उनले सरकार नबेकाे करिब सात महिनामा नीतिगत र कानुनी सुधार गृह मन्त्रालयकाे पहिलो काम भएको बताएका हुन् ।
साेही अनुसार गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालकाे ऐन संशोधनका लागि विधेयक संसद्मा दर्ता गरिएको गृहमन्त्री लेखकले बताए । केही दिनमा उक्त विधेयकमाथि केही दिनमा छलफल हुने उनको विश्वास छ । “नागरिकता सम्बन्धि विधेयक पनि संसदमा दर्ता भएको छ ।
अब चाँडै अध्यागमन सम्बन्धि ऐन संशोधनका लागि संसदमा लैजाने तयारी छ । यस्तै निर्वाचन सम्बन्धि ऐन पनि अगाडि बढाएका छाैँ । जग्गा प्राप्ति सम्बन्धि कानुन संशोधनकाे काम अगाडि बढेकाे छ,” उनले भने, “यस्तै संघसंस्था सम्बन्धि नयाँ कानुन बनाउने काम अगाडि बढेकाे छ ।
तीन वटा कानुन संशोधनका लागि संसद पुगेका छन् । बाँकी विधेयक पनि यसै संसद अधिवेशनमा पुर्याउछाैँ । चाँडै पास गर्छाैं ।” नेपाल प्रहरी ऐन सम्बन्धि विधेयकमा सेवा प्रवेश र सेवानिवृत्तकाे कुरा सुनिश्चित गरेकाे गृहमन्त्री लेखकको भनाइ छ । साथै उहाँले प्रहरीबाट आवश्यक सुझाव आए प्रहरी सम्बन्धि विधेयकलाई संशोधन गरेर जाने ठाउँ रहेको बताए।
विधेयकमा भएको कमीकमजोरी संसदमा सच्याउन सकिने भन्दै बहस र छलफल सकारात्मक दृष्टिकोणबाट हुनुपर्नेमा गृहमन्त्री लेखकले जाेड दिए । कार्यक्रममा गृहमन्त्री लेखकले नेपाल प्रहरी क्लबले प्रहरी कर्मचारीकाे शारीरिक, मानसिक, सामाजिक क्रियाकलापहरु महत्त्वपूर्ण काम गरेकाे बताए ।
“क्लबकाे नयाँ भवनबाट स्तरीय सेवा उपलब्ध हुने विश्वास लिएको छ । याे क्लबमा उपलब्ध सेवाबाट सहकार्य, आत्मविश्वास र अनुशासन कायम गराउने विश्वास छ, ” गृहमन्त्री लेखक भने । यस्तै गृहमन्त्री लेखकले लागू औषध दुर्व्यसनी, सडक दुर्घटना, आत्महत्या र सामाजिक संजालकाे दुरुपयोग मुख्य चुनाैति देखिएको बताए।

















यूएईमा नेपाली श्रमिकका स्वास्थ्य अवस्थाबारे अन्तरक्रिया
निर्वाचन गणतन्त्रको संस्थागत सुदृढीकरणको परीक्षा हो : पूर्व प्रमुख निर्वाचन आयुक्त श्रेष्ठ
सुडानमा हिंसा तीव्र, मानवीय सङ्कट जटिल बन्दै
भानुआटुमा ६ दशमलव ४ तीव्रताको भूकम्प
इरानमाथि दबाब बढाउँदै अमेरिका : सैन्य उपस्थिति बढायाे
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
4 die, 5 injured in firing incidents in Karachi
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
प्रतिक्रिया