थारू सीप र संस्कृतिको प्रवर्द्धन गरौँ: सभापति देउवा

दाङ । पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले थारू कला, सीप र संस्कृतिको प्रवर्द्धन गर्नुपर्ने बताएका छन् ।
अन्तर प्रदेशस्तरीय सांस्कृतिक सम्मेलन एवम् मटावाँ बरघर भलमन्सा अधिवेशनको आज उद्घाटन गर्दै उनले थारू समुदाय कला, सीप संस्कृतिमा धनी भएता पनि त्यसको बजारीकरण र प्रवर्द्धन हुन नसक्दा युवा पुस्तामाझ पुग्न नसकेको बताए ।
सभापति देउवाले थारू समुदाय अझै पनि शिक्षाबाट बञ्चितीकरणमा परेकाले यस समुदायका अगुवाले शिक्षा क्षेत्रमा विशेष ध्यान दिनुपर्ने बताए । उनले थारू समुदायका लागि आरक्षणको आवश्यकता रहेको चर्चा गरे । सभापति देउवाले दाङको विकासका लागि टरिगाउँ धावनमार्ग विस्तार अपरिहार्य रहेको बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारू समुदायको कला, संस्कृति र सीप जर्गेना गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। उनले सीपलाई आयआर्जनको माध्यमका रूपमा विकास गर्न आग्रहसमेत गरे ।
मटावाँ बरघर भलमन्साका केन्द्रीय अध्यक्ष एवम् लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बरघर भलमन्सा ऐन ल्याउन प्रदेश सरकार अग्रसर हुनुपर्ने बताए । चौधरीले भने, “लोकतन्त्रको सुन्दर अभ्यास थारू मटावाँमा रहेको छ, त्यसलाई वैधानिकता दिनुपर्छ ।” उनले थारू संरक्षित क्षेत्र घोषणा गरी थारू कला संस्कृति जगेर्ना गर्न आग्रह गरे ।
मटहवाँ संघ दाङका अध्यक्ष चन्द्रप्रकाश चौधरीले भूह्यार संरक्षणका लागि तीन तहकै सरकारले ध्यान दिनुपर्ने बताए । कार्यक्रममा नेपाली काँग्रेस केन्द्रिय सदस्य बालकृष्ण खाँड, दिपक गिरि, गेहेन्द्र गिरि, प्रदेश सभापति अमरसिंह पुनलगायतले सम्बोधन गरेका थिए ।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा पश्चिम नवलपरासिदेखि कञ्चनपुरसम्मका थारु बडघर, मटहवाँको सहभागिता रहेको छ । यस अवसरमा एक सय चालिस समूहका विविध संस्कृति र परम्परा झल्कने प्रस्तुति रहने छन् ।















यस्तो छ आजकाे लागि फलफूल तथा तरकारीकाे मूल्य
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या : कारबाहीको माग
मौसम पूर्वानुमान : कस्ताे रहला आज देशभरकाे माैसम ?
दूतावासले साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन यस्ताे अनुरोध गरेकाे छ
अध्यक्ष लामिछाने र वरिष्ठ नेता शाहलाई पाकिस्तानका प्रधानमन्त्रीले दिए बधाई
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
सेयर बजारमा तेस्रो सर्किट, आजका लागि कारोबार बन्द
एमाले उपाध्यक्ष पौडेलको अपिल : पार्टीकाे नीति, नेतृत्व र कार्यशैली फेरौँ
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
प्रतिक्रिया