शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन

काठमाडौं । चीनको हारबिनमा भइरहेको नवौं शीतकालीन एसियाली खेलाडी खेलकुदमा नेपाली खेलाडीले शनिबार सन्तोषजनक प्रदर्शन गरेका छन् । प्रतियोगितामा नेपालका तर्फबाट कुल चार खेलाडीको सहभागिता रहेको थियो । त्यसमध्ये पुरुष स्लालममा सफलराम श्रेष्ठ सहभागी खेलाडीमध्ये ३० औं स्थानमा आएका छन् ।
उनले दुवै रन एक मिनेट ५८.८६ सेकेन्डमा पूरा गरे । त्यसमा कुल ३९ खेलाडीले प्रतिस्पर्धा पूरा गरे । रन–टुमा दुई खेलाडीले प्रतिस्पर्धा नै पूरा गर्न सकेनन् भने थप चार खेलाडी छनोट भएनन् । यस्तै रन–वान ११ खेलाडीले पूरा गर्न सकेनन् । त्यसमा नेपाली खेलाडी चोवाङ मिङग्युर तामाङ पनि रहे ।
यस्तै रन–वानमा अन्य दुई खेलाडी छनोट हुन सकेनन् । महिलातर्फ सहभागी दुवै खेलाडीले स्पर्धा पूरा गरेका छन् । त्यसमध्ये देबोरा तिमल्सिना ३४ र लक्ष्मी राई ३५ औं स्थानमा रहिन । देबोराले दुवै रन तीन मिनेट ७.०६ सेकेन्डमा पूरा गरिन् । यस्तै लक्ष्मीले तीन मिनेट २२.१३ सेकेन्डको समय निकालिन् ।
स्पर्धा पूरा गर्ने कुल खेलाडी पनि ३५ नै रहेको थियो । उनीहरूको पछाडि रन–टु पूरा नगर्ने तीन र रन–टुमा छनोट हुन नसक्ने तीन खेलाडी रहे । रन–वानमा भने दुई खेलाडीले स्पर्धा पूरा गर्न सकेनन् भने दुई खेलाडी छनोट नै हुन सकेनन् ।
यसबीच नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले प्रतियोगिताको पुरुष अल्पाइन स्किङ स्लालम र महिला पाँच किलोमिटर क्रस कन्ट्रीका विजयी खेलाडीले पदक पनि वितरण गरे । श्रेष्ठ ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को ओसीए स्पोर्टस एन्ड इन्भारोमेन्ट कमिसनका अध्यक्ष समेत हुन् ।
















गतिशील सहकारीका अध्यक्ष पाठकविरुद्ध सात दिन म्याद थप
यी हुन् मन्त्रिपरिषद्का निर्णय
सिंहदरबार पुगेर गृहमन्त्रीको राजीनामा माग्ने विद्यार्थी पक्राउ
सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
प्रतिक्रिया