बुधबार, वैशाख २३, २०८३

बूढानीलकण्ठको एक घरमा प्रहरीको छापा, ८८ वटा मोवाइल र १० वटा ल्यापटपसहित २३ जना पक्राउ

मेरोन्यूज २०८१ माघ २७ गते २१:५८

काठमाडौं । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका ३ स्थित एक घरमा काठमाडौँ जिल्ला प्रहरी परिसरको टोलीले छापा मारेको छ। 

Advertisement
NiccNicc

आइतबार साँझ अवैध अनलाइन जुवा, सट्टेबाजी लगायतका गतिविधि भइरहेको स्थानमा परिसरको टोलीले छापा मारेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए।

उक्त घरमा अनलाइन जुवा खेलाउने तथा सट्टेबाजी गराएको आरोपमा प्रहरीले २३ जनालाई पक्राउ गरेको छ। यस्तै ८८ वटा मोवाइल र १० वटा ल्यापटप बरामद गरेको छ।

काठमाडौँका प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीसहितको टोलीले छापा मारेर अहिले मुचुल्का लगायतका कार्य गरिरहेको हो।

प्रतिक्रिया