जसपाको केन्द्रीय समिति बैठक फागुन १८ देखि

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठकको मिति परिवर्तन भएको छ । यसअघि फागुन १८, १९ र २० गते काठमाडौँमा बस्नेगरी बोलाइएको बैठकको मिति परिवर्तन गरी एक दिन अघि सारिएको हो ।
प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले समय परिवर्तन गरी फागुन १८, १९ र २० गते काठमाडौँमा बस्नेगरी पार्टीको केन्द्रीय समितिको बैठक आह्वान गरिएको जानकारी दिए । बैठकमा भदौदेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’को समीक्षा हुनेछ ।
यस्तै, पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरूले आ–आफ्नो कार्यक्षेत्रमा भएका कार्यप्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्ने जसपाले जनाएको छ । वर्तमान राजनीतिक परिस्थिति र पार्टीको संगठनात्मक कार्ययोजनालगायत एजेन्डामा बैठक केन्द्रित हुने बस्नेतले जानकारी दिए ।


















राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट
क्रियाशील सदस्यता व्यवस्थित गर्न खोजेका हौँ : महामन्त्री पौडेल
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
रास्वपा केन्द्रीय समिति बैठकका यस्ता छन् एजेन्डा
कर्णाली नदीमा बेपत्ता बुबाछोराको शव फेला
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया