पोर्चुगल र जापान पठाइदिने बहानामा साढे १४ लाख ठगी, दुई पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको लागि पोर्चुगल र जापान पठाइदिने बहानामा ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा डोटी बडिकेदार गाउँपालिका-३ घर भई हाल काठमाडौं-१४ बस्ने २९ वर्षीय पूर्णबहादुर जेठारा र नुवाकोट बेलकोटगढी नगरपालिका-१२ घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका-२ घर बस्ने ३७ वर्षीय राजकुमार लामा रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जेठारा र लामालाई आइतबार पक्राउ गरेको हो।
जेठाराले पोर्चुगल पठाइदिन्छु भनी तीन जना व्यक्तिबाट ९ लाख रुपैयाँ रकम ठगी गरेको आरोप छ। यस्तै, लामाले जापान पठाइदिने बहानामा एक व्यक्तिबाट ५ लाख ५० हजार रुपैयाँ ठगी गरेको उक्त कार्यालयले जनाएको छ।
आकर्षक तलबको प्रलोभन पारेर रकम बुझेपछि फरार भएका जेठारा र लामाविरूद्ध पीडितले प्रहरीमा जाहेरी दिएका थिए।
दुबैलाई थप कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको प्रहरीले जनाएको छ।
















प्रतिनिधिसभाबाट तीन अध्यादेश संशोधन स्वीकृत
जनजाति आयोगको प्रतिवेदन राष्ट्रियसभासमक्ष पेस, शोक प्रस्ताव पारित
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
नेपाली क्लाइम्बिङ टोली चीन जाने
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
प्रतिक्रिया