आइतबार, वैशाख ६, २०८३

सहकारी ठगी प्रकरण : पूर्वडीआईजी छविलाल जोशी पुर्पक्षका लागि कारागार चलान

मेरोन्यूज २०८१ माघ २८ गते १८:४५

काठमाडौं । जिल्ला अदालत रूपन्देहीले सुप्रीम सहकारीको रकम ठगी प्रकरणमा पूर्वडिआइजी  छविलाल जोशीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

सोमबार थुनछेक बहसपछि न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले जोशीलाई जिल्ला कारागार रूपन्देहीमा थुनामा पठाउने निर्णय गरेको हो। अदालतका श्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीले जोशी कारागार चलान भइसकेको जानकारी दिए। 

यस प्रकरणमा सरकारी तर्फबाट जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल र सहायक न्यायाधिवक्ता गोकर्णराज घिमिरेले बहस गरेका थिए भने जोशीको पक्षबाट अधिवक्ता मनोजकुमार चौधरी र अपुर्व खतिवडाले बहस गरेका थिए।

जोशीलाई समेत आरोपित बनाइएको यो ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने, गोर्खा मिडिया नेटवर्कका तत्कालीन अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई लगायतका अन्य व्यक्तिहरू थिए। उनीहरूले बुटवलको सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोप लागेको थियो।

यही प्रकरणमा लामिछानेलाई अदालतले एक करोड धरौटी मागेको थियो। जोशी गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष एवम् सञ्चालक थिए भने लामिछाने प्रबन्ध निर्देशक थिए।


प्रतिक्रिया