जनकपुरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न

काठमाडौं । जनकपुरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न भएको छ ।
आफ्नो प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न जनकपुरका चालकहरू यस बजाज माइलेज च्याम्पियनमा सहभागी भएका थिए । जनकपुरको १२ बिघामा सोमबार उक्त कार्यक्रम सम्पन्न भएको थियो । ४०० भन्दा बढिको उपस्थिती रहेको उक्त माइलेज च्याम्पियनमा १०२ जना प्लाटिना राइडरहरुले सहभागिता जनाएका थिए ।
उक्त माइलेज च्याम्पियनमा सहभागी चालकहरूले न्यूनतम लागतमा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्य सहित प्रतिस्पर्धा गरेका थिए । माइलेज च्याम्पियनमा मोहन कुमार महतोले ९३।६ किमि प्रति लिटरको प्रभावशाली प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेका थिए । त्यस्तै ८८।२ किमि प्रति लिटरको प्रदर्शनका साथ सिद्धान्त प्रसिद शाह दोस्रो स्थानमा रहेका थिए भने ८६।४ किमि प्रति लिटरको प्रदर्शन गर्दै राहुल कुमार शाह तेस्रो स्थानमा रहेका थिए ।
यो कार्यक्रमले बजाज प्लाटिनाको इन्धन बचत र भरपर्दो विशेषताहरूलाई झल्काउनुका साथै बजाजप्रेमीहरूबीच समुदाय र मैत्रीपूर्ण प्रतिस्पर्धाको भावना पनि प्रवद्र्धन गरेको छ ।
आम ग्राहकवर्गलाई बजाज प्लेटिनाको माइलेज र विशेषताबारे जानकारी दिन उक्त च्याम्पियन आयोजना गरिएको बजाजका एरिया सेल्स म्यानेजर सुजन चौधरीले बताए ।
बजाजका मोटरसाइकलहरु मध्येमा पनि प्लाटिना मोटरसाइकल अधिकतम माइलेज दिने मोटरसाइकलमा पर्दछ । पछिल्लो समय पेट्रोलियम पदार्थको मुल्यवृद्धि भएसँगै आम ग्राहकवर्गमा यो मोटरसाइकल अत्याधिक लोकप्रिय छ ।
















आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
सशस्त्र प्रहरीले पन्छायो मुक्तिनाथ मन्दिरको हिउँ
सुदूरपश्चिम प्रदेश : चुनावी सरगर्मी बढ्दै
कांग्रेस, एमाले र जनमत पार्टीका सयौं नेता कार्यकर्ताहरु जसपा नेपालमा प्रवेश
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया