चितवनका ५ पालिकाका किशोरीले लगाए एचपिभी खोप

चितवन । जिल्लामा रहेका सात पालिकामध्ये पाँच पालिकामा एचपिभी खोप अभियान सम्पन्न भएको छ । भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाबाहेक अन्य पाँच पालिकामा अभियानअन्तर्गत खोप कार्यक्रम सम्पन्न भएको हो । ती पालिकाका १० हजार १३२ किशोरीले एचपिभी खोप लगाएका हुन् ।
जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार खैरहनी नगरपालिकाका दुई हजार ७२८, राप्ती नगरपालिकाका दुई हजार ९०७, कालिका नगरपालिकाका दुई हजार २२७, माडी नगरपालिकाका एक हजार ४३ र इच्छाकामना गाउँपालिकाका एक हजार २२७ किशोरीले खोप लगाएका हुन् । यही माघ २२ गतेदेखि सुरु गरिएको अभियान अहिले रत्ननगर र भरतपुरमा जारी रहेको उहाँले जानकारी दिए।
जिल्लामा हालसम्म सातै पालिकाका २५ हजार ५६ किशोरीले एचपिभी खोप लगाएका छन् । कार्यालयका अनुसार कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने किशोरी र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीले खोप लगाएका हुन् । केसीका अनुसार भरतपुरका ११ हजार ६८४ र रत्ननगरका तीन हजार २४० ले खोप लगाइसकेका छन् । रत्ननगरमा आगामी फागुन १ गतेसम्म र भरतपुरमा फागुन ३ गतेसम्म अभियान सञ्चालन हुनेछ ।
जिल्लाका ४४६ खोप केन्द्रबाट यहाँका ३१ हजार ५७० किशोरीलाई एचपिभी खोप दिने लक्ष्य लिइएको छ । पाठेघरको मुखको क्यान्सरबाट बच्नका लागि १० देखि १४ वर्ष उमेर समूहका ती किशोरीहरुलाई खोप दिइएको हो । जिल्लाका खोप केन्द्रमा ४५६ स्वास्थ्यकर्मी र ९१२ स्वयमसेवक परिचालन गरिएको छ । यो खोपका लागि नेपालमा आर्थिक वर्ष २०७२÷७३ मा चितवन र कास्कीमा परीक्षण गरिएको थियो ।
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया