चितवनका ५ पालिकाका किशोरीले लगाए एचपिभी खोप

चितवन । जिल्लामा रहेका सात पालिकामध्ये पाँच पालिकामा एचपिभी खोप अभियान सम्पन्न भएको छ । भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाबाहेक अन्य पाँच पालिकामा अभियानअन्तर्गत खोप कार्यक्रम सम्पन्न भएको हो । ती पालिकाका १० हजार १३२ किशोरीले एचपिभी खोप लगाएका हुन् ।
जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार खैरहनी नगरपालिकाका दुई हजार ७२८, राप्ती नगरपालिकाका दुई हजार ९०७, कालिका नगरपालिकाका दुई हजार २२७, माडी नगरपालिकाका एक हजार ४३ र इच्छाकामना गाउँपालिकाका एक हजार २२७ किशोरीले खोप लगाएका हुन् । यही माघ २२ गतेदेखि सुरु गरिएको अभियान अहिले रत्ननगर र भरतपुरमा जारी रहेको उहाँले जानकारी दिए।
जिल्लामा हालसम्म सातै पालिकाका २५ हजार ५६ किशोरीले एचपिभी खोप लगाएका छन् । कार्यालयका अनुसार कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने किशोरी र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीले खोप लगाएका हुन् । केसीका अनुसार भरतपुरका ११ हजार ६८४ र रत्ननगरका तीन हजार २४० ले खोप लगाइसकेका छन् । रत्ननगरमा आगामी फागुन १ गतेसम्म र भरतपुरमा फागुन ३ गतेसम्म अभियान सञ्चालन हुनेछ ।
जिल्लाका ४४६ खोप केन्द्रबाट यहाँका ३१ हजार ५७० किशोरीलाई एचपिभी खोप दिने लक्ष्य लिइएको छ । पाठेघरको मुखको क्यान्सरबाट बच्नका लागि १० देखि १४ वर्ष उमेर समूहका ती किशोरीहरुलाई खोप दिइएको हो । जिल्लाका खोप केन्द्रमा ४५६ स्वास्थ्यकर्मी र ९१२ स्वयमसेवक परिचालन गरिएको छ । यो खोपका लागि नेपालमा आर्थिक वर्ष २०७२÷७३ मा चितवन र कास्कीमा परीक्षण गरिएको थियो ।














कञ्चनपुरमा महिला मतदाता बढी
राष्ट्रिय सभाको १९औँ अधिवेशन : बोहराको निधनमा प्रस्ताव पारित
राष्ट्रिय सभा सदस्यबाट नारायणकाजी, वामदेव र भगवतीले दिए राजीनामा
ग्रिनल्यान्ड मुद्दामा ट्रम्पको कदम : ८ युरोपेली देशमा अमेरिकी भन्सार लागू हुने संकेत
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया