अटो दुर्घटनामा एक जनाको मृत्यु
मेरोन्यूज
२०८१ माघ २९ गते १९:४४

काठमाडौं । रोल्पामा अटो दुर्घटना हुँदा वृद्धको ज्यान गएको छ।
सुर्पाल-लिवाङ सडक खण्डमा धारापानीतर्फ जाने क्रममा रा १ ह ५४९१ नम्बरको अटो अनियन्त्रित भएर मंगलबार दिउँसो ३ बजेतिर दुर्घटनामा परेको थियो। दुर्घटनामा स्थानीय ६५ वर्षीय इन्द्र घर्तीको घटनास्थलमा मृत्यु र दुई जना घाइते भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा अटोमा सवार रोल्पाकै सुनिलस्मृति गाउँपालिका –२ का ६२ वर्षीय मानबहादुर परियार र चालक रुन्टीगढी-१ का ३८ वर्षीय मनराज नेपाली घाइते भएका छन्। उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
काठमाडौँ प्रहरीको सक्रियता, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
प्रतिक्रिया