मिडिया काउन्सिल विधेयक प्रतिनिधि सभामा टेबुल

काठमाडौं । राष्ट्रिय सभामा उत्पत्ति भएको ‘मिडिया काउन्सिल विधेयक, २०८०’ का सम्बन्धमा प्राप्त सन्देशसहितको विधेयक प्रतिनिधि सभामा टेबुल गरिएको छ । प्रतिनिधि सभाको आजको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले उक्त विधेयक टेबुल गरेका हुन् ।
तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गत जेठ १३ गते पत्रकारिता क्षेत्रमा पेसागत तथ व्यावसायिक आचरण कायम राख्न तथा स्वनियमलाई प्रवद्र्धन गरी स्वच्छ, स्वतन्त्र र जवाफदेही पत्रकारिताको विकास तथा संरक्षणका लागि स्वायत्त नियामक निकायको रूपमा मिडिया काउन्सिलको स्थापना र सञ्चालनसँग सम्बन्धित सो विधेयक राष्ट्रिय सभामा प्रस्तुत गरेका थिए ।
सो विधेयक उपर जेठ २० गते सामान्य छलफल भएको थियो । त्यसपछि सो विधेयकमाथि राष्ट्रियसभामा दफावार छलफल भएपछि दफावार छलफलका लागि जेठ २८ गते समितिमा पठाइएको थियो । समितिले यही माघ १८ गते राष्ट्रियसभामा प्रतिवेदन पेस गरेपछि आज प्रतिनिधि सभामा टेबुल गरिएको हो ।
















आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
सशस्त्र प्रहरीले पन्छायो मुक्तिनाथ मन्दिरको हिउँ
सुदूरपश्चिम प्रदेश : चुनावी सरगर्मी बढ्दै
कांग्रेस, एमाले र जनमत पार्टीका सयौं नेता कार्यकर्ताहरु जसपा नेपालमा प्रवेश
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया