आइतबार, वैशाख ६, २०८३

एलिनाले सम्बन्ध विच्छेद गरेपछि समीक्षाले भनिन्: सलाम छ,बहिनीका रुपमा म सधै तपाईंको साथमा रहिरहनेछु

मेरोन्यूज २०८१ माघ २९ गते २१:२४

काठमाडौं । गायिका एलिना चौहानले आज (माघ २९ गते) पति विष्णु सापकोटासँग सम्बन्ध विच्छेद गरेकी छन्। 

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

एलिनाले श्रीमान् सापकोटासँग सँगै बस्ने अवस्था नरहेको उल्लेख गर्दै यही माघ १८ गते दिएको निवेदनअनुसार काठमाडौँ जिल्ला अदालतले मंगलबार सम्बन्ध विच्छेद गरिदिएको हो। 

यसमा प्रतिक्रिया दिँदै अर्की गायिका समीक्षा अधिकारीले एलिनाले आफूलाई सक्षम र साहसी साबित गरेको भनी प्रशंसा गरेकी छन्। 

‘दिदी एलिना, आफूलाई भन्दा बढी माया गरेको, सम्पूर्ण रूपले जीवन नै सुम्पिएको पतिबाट अलग हुनुपर्दाको अकल्पनीय चोट तपाईंले सहनुपरेको छ। जुन एउटी नारीले सर्वस्व गुमाएको क्षण हो। हिजो मलाई अन्यायका विरुद्ध डटेर सामना गर्न उत्प्रेरणा दिनुहुन्थ्यो, मलाई त्यतिबेलै तपाईं साँच्चै साहसी लाग्नुहुन्थ्यो’, समीक्षाले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘आज हिंसा र यातनाविरुद्ध जीवनको सारथिबाटै अलग हुने निर्णय गरेर फेरि आफूलाई हिम्मतवाली, सक्षम र साहसिक साबित गरिदिनुभएको छ। सलाम छ। बहिनीका रूपमा म सधैँ तपाईंको साथमा रहिरहनेछु। बि स्ट्रोङ।’ 

प्रतिक्रिया