हमासले शनिबार सम्म बन्दी मुक्त नगरे आक्रमण सुरु गर्ने इजरायलको घोषणा

इजरायल ।इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले शनिबार बन्दी रिहा नगरे युद्ध सुरु गर्ने चेतावनी दिएका छन्। हमासले इजरायलमाथि युद्ध विराम पालना नगरेको आरोप लगाएपछि नेतन्याहुले यस्तो चेतावनी दिएका हुन्।
नेतन्याहुको प्रतिक्रियापछि हमासले भने आफू युद्ध विरामका लागि तयार भएको तथा कुनै ढिलाइ तथा जटिलता आए यसमा इजरायल नै जिम्मेवार हुने बताएको छ।यस साता ढिलाइ हुनुको पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइसँग सम्बन्धित रहेको जनाइएको छ। राष्ट्रपति ट्रम्पले शनिबार सबै बन्दी रिहा गर्नुपर्नेमा जोड दिएका थिए।
मंगलबार चार घण्टा लामो समयसम्म भएको इजरायलको क्याबिनेट बैठकमा नेतन्याहुले आफू डोनाल्ड ट्रम्पले राखेका प्रस्तावको समर्थक रहेको बताएका थिए। उनले शनिबार मध्यान्ह १२ बजेको समय राखेर हमासलाई चेतावनी दिएका छन्।प्रधानमन्त्री नेतन्याहुले तत्कालै युद्ध छेड्नका लागि आइडिएफलाई निर्देशन नै दिइसकेको बताएका छन्।
इजरायली सञ्चार माध्यम हार्टेजका अनुसार निर्धारित तीन बन्दी शनिबार रिहा गरे युद्ध विरामलाई निरन्तरता दिने पक्षमा नै इजरायल छ।
ट्रम्पको भनाइ पछि हमासले यसमा आपत्ति जनाइ सकेको छ। हमासले डोनाल्ड ट्रम्पले गाजाबाट प्यालेस्टाइनीलाई अन्यत्र विस्थापित गर्ने योजनामा पूर्ण रूपमा असहमति जनाएको छ। हमासले आफ्ना नागरिकको राष्ट्रिय हक छिन्दै आदिवासी उन्मुलन गर्ने ट्रम्पको नीति भएको आरोप लगाएको हो।
हमासले ट्रम्पको नीति तानाशाही भएको आरोप लगाएको छ।
















द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव
स्थानीय तह निर्वाचनमा रास्वपाकाे उम्मेदवार बन्न क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमी उत्तीर्ण हुनै पर्ने
गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण गरेर बनेका संरचना खाली गर्न माग
Illegal structures at Sattale, Pathibhara and Tenjing Chowk of Kapan are being razed down
अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया