दक्षिण अफ्रिकालाई हराउँदै पाकिस्तान त्रिकोणात्मक शृङ्खलाको फाइनलमा
मेरोन्यूज
२०८१ फागुन १ गते ७:४७

काठमाडौं । घरेलु भूमिमा जारी त्रिकोणात्मक शृङ्खलामा पाकिस्तान फाइनलमा प्रवेश गरेको छ। पाकिस्तानले बुधबार भएको दिवा रात्रि खेलमा भ्रमणकारी टोली दक्षिण अफ्रिकालाई ६ विकेटले हराउँदै फाइनलमा न्युजिल्यान्डसँगको भेट पक्का गरेको हो।
दक्षिण अफ्रिकाले दिएको ३५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले एक ओभर बाँकी रहँदा ४ विकेटको क्षतिमा ३५५ रन जोडेको हो।पाकिस्तानका लागि सल्मा आगाले १०३ बलमा १३४ रनको योगदान गरे। उनी प्लेयर अफ द म्याच बने। कप्तान मोहम्मद रिजवानले १२२ रन जाडे।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५ विकेटको क्षतिमा ३५२ रन बनाएको थियो। दक्षिण अफ्रिकाका तेम्भा बभुमाले ८२ तथा म्याथ्यु ब्रेट्जकले ८३ रन बनाए। हेन्रिक क्लासेनले ५६ बलमा ८७ रन जोडेका थिए।
सम्बन्धित
















गतिशील सहकारीका अध्यक्ष पाठकविरुद्ध सात दिन म्याद थप
यी हुन् मन्त्रिपरिषद्का निर्णय
सिंहदरबार पुगेर गृहमन्त्रीको राजीनामा माग्ने विद्यार्थी पक्राउ
सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
प्रतिक्रिया