विदेश पठाइदिन्छु भन्दै ७१ लाख ७० हजार ठगी, भक्तपुरमा दुई पक्राउ

भक्तपुर। वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ७१ लाख ७० हजार रुपैयाँ ठगी गरेको आरोपमा भक्तपुरबाट दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-७ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने ४१ वर्षीय गणेशबहादुर थापा र काभ्रे नमोबुद्ध नगरपालिका-४ घर भई बनेपा नगरपालिका-६ बस्ने ३९ वर्षीय दिनेशप्रसाद अधिकारी छन्।
जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले दुबै जनालाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा अनुसन्धान थालेको परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक ढुन्डीराज न्यौपानेले बताए।
अधिकारी र थापाले १४ जना व्यक्तिबाट उक्त बराबरको रकम ठगी गरेको आरोप छ। क्यानडा, अजरबैजान र मोरिसस लैजाने भन्दै दुबैले रकम संकलन गर्न थालेका थिए।
तर, रोजगारीमा नपठाई लामो समयसम्म सम्पर्कविहीन भएपछि पीडितहरू प्रहरीमा उजुरी दिन पुगेका थिए। उजुरीपछि परिसरले अधिकारी र थापाको खोजी गरिरहेको थियो।
न्यौपानेका अनुसार उनीहरूले अन्य व्यक्तिहरूलाई समेत ठगी गरेको हुनसक्ने आशंका गरिएको छ। कोही ठगिएको भए परिसरमा उजुरी दिन आउन न्यौपानेले अनुरोध गरे।
पक्राउ परेका दुबैलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत भक्तपुरले अनुमति दिएको छ।
















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया