दशौँ राष्ट्रिय खेलकुद छनोटः कैलाली शीर्षस्थानमा

कैलाली । दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेशको छनोट प्रतियोगितामा कैलाली शीर्षस्थानमा पुगेको छ ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा भइरहेको छनोट प्रतियोगिताअन्तर्गत हालसम्म नतिजा आएका खेलहरूमा कैलाली प्रथम स्थानमा रहेको छ ।
हालसम्म सम्पन्न छनोट प्रतियोगितामा एक सय ७२ स्वर्ण, एक सय ४१ रजत र एक सय ५५ कास्य गरी चार सय ६८ पदकको टुङ्गो लागेको छ । छनोट प्रतियोगितामा कैलालीले सबैभन्दा बढी एक सय ४२ पदक प्राप्त गरेकामा ७५ वटा स्वर्ण पदक रहेका छन् ।
अङ्कतालिकाको दोस्रो स्थानमा रहेको कञ्चनपुरले ६४ स्वर्ण, ४२ रजत र २४ कास्य गरी एक सय ३० पदक प्राप्त गरेको छ । तेस्रो स्थानमा रहँदै डडेल्धुराले नौ स्वर्ण, १० रजत र २४ कास्य पदक प्राप्त गरेको छ ।
प्रदेशका नौ जिल्लाले सहभागिता जनाएको छनोट प्रतियोगिताको चौथो स्थानमा बझाङ रहेको छ । बझाङले नौ स्वर्ण, आठ रजत र १० कास्य पदक पाएको छ । पाँचौँ स्थानमा रहेको बाजुराले छ स्वर्ण, छ रजत र १८ कास्य पदक पाएको छ भने छैटौँ स्थानमा रहेको दार्चुलाले तीन स्वर्ण, नौ रजत र २२ कास्य पदक प्राप्त गरेको छ । बैतडी, डोटी र अछाम क्रमशः सातौँ, आठौँ र नवौँ स्थानमा छन् ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट सात सय ७८ खेलाडीले सहभागिता जनाउनेछन् । यस्तै, चार सय ५० जना निर्णायकहरू पनि सहभागी हुनेछन् ।
सुदूरपश्चिम प्रदेशले दशौँ राष्ट्रिय खेलकुदमा ६१ विधाका खेलहरू गरिरहेको सुदूरपश्चिम खेलकुद परिषद्का सदस्यसचिव दीपकबहादुर सिंहले जानकारी दिए ।
















जापानको उपभोक्ता मूल्य २०२५ मा उच्च, ऊर्जा र खाद्य मूल्यमा उतार–चढाव
राष्ट्रियसभामा तीन अध्यादेश पेस
पाकिस्तानमा प्रहरी मुठभेडमा ६ जनाको मृत्यु
गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
प्रतिक्रिया