बाँकेका तीन स्थानीय तहमा अझै हात्तीपाइलेको जोखिम

नेपालगञ्ज। बाँकेका केही स्थानीय तहहरु हात्तीपाइले रोगको जोखिममा छन्। जिल्लामा १३ पटकसम्म लगातार औषधि खुवाउँदा पनि तीन स्थानीय तह र एउटा वडामा हात्तीपाइले रोगको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
नेपालगञ्ज उपमहानगरपालिका, डुडुवा, नरैनापुर र बैजनाथ गाउँपालिकाको वडा नम्बर ४ मा १.८ देखि २.२ प्रतिशतसम्म सङ्क्रमित भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत रामकुमार महतोले जानकारी दिए।
सन् २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य भएपनि जिल्लामा सङ्क्रमित भेटिने क्रम अन्त्य नभएको उनको भनाइ छ। सन् २००३ देखि सुरु भएको औषधि सेवन अभियानबाट सन् २०२० मै हात्तीपाइले निवारण गर्ने उद्देश्य राखिएको थियो। जिल्लामा मात्र १४औँ पटक औषधि सेवन कार्यक्रम यही फागुन ५ गतेबाट सुरु गरिने भएको छ।
जिल्लामा हालसम्म १५.३६ प्रतिशत र नेपालगञ्ज उपमहानगरपालिकामा १८.४५ प्रतिशतले औषधि सेवन गरेका छैनन्। नेपालगञ्ज उपमहानगरपालिकाका कुनै पनि वडामा औषधि सेवन दर ८० प्रतिशत पुग्न सकेको छैन।
भेरी अस्पतालका मेडिसिन विभाग प्रमुख वरिष्ठ फिजिसियन डा राजन पाण्डेले हात्तीपाइले विरुद्ध प्रयोग भएका औषधि लामो समयदेखि प्रयोग हुँदै आएका औषधि भएकाले निर्धक्कका साथ सेवन गरी नेपाललाई हात्तीपाइले रोग मुक्त बनाउने अभियानमा सबैको हातेमालो आवश्यक रहेको उल्लेख गरे।
सर्वेक्षणअनुसार नेपालगञ्जमा ३३.२८ प्रतिशतले औषधिले असर गर्ने डरका कारण र ३२.५३ प्रतिशतले जनचेतनाको कमीका कारण औषधि सेवन गरेका छैनन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा यदुचन्द्र घिमिरेले नेपालबाट हात्तीपाइले रोग निवारण गर्न बाँकेका तीन पालिका मुख्य चुनौतीका रुपमा देखिएको बताए।
जिल्ला स्वास्थ्य कार्यालय प्रमुख अंगदबहादुर शाहीले नेपालगञ्ज उपमहानगरपालिकामा यही फागुन ५ गतेदेखि तथा डुडुवा र नरैनापुरमा फागुन ७ गतेदेखि आम औषधि सेवन कार्यक्रम सुरु गर्न लागिएको बताए। उनले एउटा व्यक्तिले औषधि खाने र अर्कोले नखाइ दिने गरेका कारण समुदायस्तरमा हात्तीपाइलेको जोखिम कायम रहेको उनको भनाइ छ।
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया