अमेरिकाले सैन्य कटौतीको नेतृत्व लिनुपर्ने चीनको भनाइ

एजेन्सी । चीनले अमेरिकाले सैन्य कटौतीको नेतृत्व लिनुपर्ने बताएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनसँग सैन्य खर्च कटौती विषयमा वार्ता गर्न चाहेको टिप्पणी गरेपछि बेइजिङले शुक्रबार अमेरिकाले नै यस कार्यमा नेतृत्व लिनुपर्ने बताएको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बिहीबार ओभल कार्यालयमा ट्रम्पले सैन्य बजेट आधा कटौती गर्न प्रस्ताव गरेपछि यसको जवाफमा चिनियाँ विदेश मन्त्रालयले अमेरिकासँग विश्वको सबैभन्दा ठूलो सैन्य बजेट रहेको र उसबाटै कतौटी शुरु गर्नुपर्ने बताएको छ ।
संयुक्त राज्य अमेरिकाले ‘अमेरिका फस्र्ट’ का लागि आह्वान गरेदेखि उनीहरूले सैन्य खर्च कटौतीको उदाहरण स्थापित गर्न नेतृत्व लिनुपर्ने विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले बताए । उनले चीनको सैन्य बजेट खुला र पारदर्शी रहेको पनि बताए । प्रवक्ता गुओले चीनले सधैँ आफ्नो आणविक शक्तिलाई राष्ट्रिय सुरक्षाका लागि आवश्यक न्यूनतम स्तरमा कायम राख्ने र कुनै पनि देशसँग हतियार दौडमा संलग्न नहुने पनि स्पष्ट पारेको समाचारमा उल्लेख छ ।
















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया