अमेरिकाले सैन्य कटौतीको नेतृत्व लिनुपर्ने चीनको भनाइ

एजेन्सी । चीनले अमेरिकाले सैन्य कटौतीको नेतृत्व लिनुपर्ने बताएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनसँग सैन्य खर्च कटौती विषयमा वार्ता गर्न चाहेको टिप्पणी गरेपछि बेइजिङले शुक्रबार अमेरिकाले नै यस कार्यमा नेतृत्व लिनुपर्ने बताएको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बिहीबार ओभल कार्यालयमा ट्रम्पले सैन्य बजेट आधा कटौती गर्न प्रस्ताव गरेपछि यसको जवाफमा चिनियाँ विदेश मन्त्रालयले अमेरिकासँग विश्वको सबैभन्दा ठूलो सैन्य बजेट रहेको र उसबाटै कतौटी शुरु गर्नुपर्ने बताएको छ ।
संयुक्त राज्य अमेरिकाले ‘अमेरिका फस्र्ट’ का लागि आह्वान गरेदेखि उनीहरूले सैन्य खर्च कटौतीको उदाहरण स्थापित गर्न नेतृत्व लिनुपर्ने विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले बताए । उनले चीनको सैन्य बजेट खुला र पारदर्शी रहेको पनि बताए । प्रवक्ता गुओले चीनले सधैँ आफ्नो आणविक शक्तिलाई राष्ट्रिय सुरक्षाका लागि आवश्यक न्यूनतम स्तरमा कायम राख्ने र कुनै पनि देशसँग हतियार दौडमा संलग्न नहुने पनि स्पष्ट पारेको समाचारमा उल्लेख छ ।


















संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
प्रतिक्रिया