निजामती कर्मचारी सङ्गठनको अध्यक्ष पदमा दाहाल

काठमाडौँ । नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी सङ्गठनको अध्यक्षमा भवानी दाहाल चयन हुनुभएको छ । सङ्गठन १२औँ महाधिवेशनबाट उहाँ सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचित हुनुभएको महाधिवेशनको बन्दसत्रका अध्यक्ष मण्डलका अध्यक्ष तथा पेशागत महासङ्घ नेपालका इन्चार्ज रामेश्वर फुयालले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार भएको सहमतिअनुसार दाहालको अध्यक्षतामा तीन वर्षका लागि एक सय ६७ नयाँ कार्य समिति चयन गरिएको हो । पेशागत महासङ्घ नेपालका इन्चार्ज फुयालका अनुसार वरिष्ठ उपाध्क्षमा रेवन्त गौतम र प्रभाषप्रसाद साह, उपाध्यक्षमा युवाचन्द्र घिमिरे, विष्णु अर्याल, कृष्णबहादुर केसी र विजयालक्ष्मी सुवेदी तथा महासचिवमा रामचन्द्र अधिकारी निर्वाचित हुनुभएको छ । यस्तै सङ्गठनको उपमहासचिव वामदेव ओली, सूर्यबहादुर कुँवर र कमला दाहाल निर्वाचित हुनु भएको छ । यस्तै सचिवमा देवी पराजुली, राजबहादुर पछाई, तेजप्रकाश भण्डारी, ओमबहादुर कठायत र गोविन्द अधिकारी, कार्यालय सचिवमा पदमबहादुर शाही, कोषाध्यक्षमा कोषाध्यक्षमा यमकुमारी सापकोटा र सह–कोषाध्यक्षमा दिपक शर्मा पौडेल निर्वाचित हुनुभयो । महाधिवेशनले प्रदेश इन्चार्ज तोकेको छ । कोशीमा धुव्रबहादुर कार्की, मधेशमा नौंतम पोखरेल, बागमतीमा पुरूषोत्तम रायमाझी, गण्डकीमा भरत भुसाल, लुम्बिनीमा कविसिंह कठायत, कर्णालीमा तुलाराम गिरी, सुदूरपश्चिममा प्रकाशबहादुर खड्का र उपत्यका विशेषमा गणेशप्रसाद आचार्यलाई तोक्ने निर्णय गरेको छ । सङ्गठनको महाधिवेशन गत माघ ३० गतेदेखि काठमाडौँमा सुरु भएको थियो । –––
















मानवीय सुरक्षा सुनिश्चित गर्ने युक्रेनको नयाँ कदम
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
5 terrorists killed in security operation in NW Pakistan
Zelensky expects halt to attacks on Ukrainian cities amid severe cold
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
प्रतिक्रिया