आइतबार, वैशाख ६, २०८३

कृषि वैज्ञानिकको विदेश पलायन रोक्नुपर्छ : मन्त्री अधिकारी

मेरोन्यूज २०८१ फागुन ४ गते २०:४६

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि वैज्ञानिकको विदेश पलायन रोक्नुपर्ने बताएका छन्।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

राष्ट्रिय कृषि प्राविधिक कार्य समूह बैठकलाई आज यहाँ सम्बोधन गर्दै मन्त्री अधिकारीले कृषि अनुसन्धानमा काम गर्ने वैज्ञानिकको विदेश पलायन हुने अवस्था नरोकिएको बताउनुभयो। नेपालमै काम लाग्ने वैज्ञानिकलाई स्वदेशमै रहन सक्ने वातावरण बनाउन जरुरी रहेको उनको भनाइ थियो।

वैज्ञानिक तथा कर्मचारीमा देखिएको विदेश पलायन रोक्न आफूले सक्दो प्रयास गरिरहेको उल्लेख गर्दै मन्त्री अधिकारीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा धेरै वर्षदेखि नसुल्झेका जटिलता सुल्झिँदै गएका र समस्या समाधान गर्न ध्यान दिएको बताए। मन्त्री अधिकारीले समकक्षताको समस्या समाधान गर्न समिति गठन गरिएको जानकारी दिए।

कृषि अनुसन्धान प्रणालीलाई व्यावहारिक बनाउन आवश्यक छ भन्दै मन्त्री अधिकारीले कतिपय अनुसन्धान द्रुतगतिमा गरी नतिजा निकाल्नुपर्ने भएकाले नार्कको अनुसन्धानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो। कृषिउपज आयातको ठूलो आकारले चुनौती थपेको उल्लेख गर्दै उनले यो चुनौतीको सामना गर्न नार्कले अन्वेषण गर्ने बालीका जात पनि सोही अनुकूलको हुनुपर्नेमा जोड दिए।

‘कृषिउपजको आयातलाई कम गर्न छिमेकी देशले कृषिमा गरेको प्रगतिबाट नेपालीले पनि सिक्न जरुरी छ’, मन्त्री अधिकारीले भने। कृषिमा तीनै तहको सरकारको समन्वय र सहकार्य अनिवार्य रहेको तथा सबैको सामूहिक प्रयासले मात्रै आयात कम गरी निर्यातको बाटोतर्फ लाग्न सकिने उनको भनाइ थियो।

प्रतिक्रिया