कृषि वैज्ञानिकको विदेश पलायन रोक्नुपर्छ : मन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि वैज्ञानिकको विदेश पलायन रोक्नुपर्ने बताएका छन्।
राष्ट्रिय कृषि प्राविधिक कार्य समूह बैठकलाई आज यहाँ सम्बोधन गर्दै मन्त्री अधिकारीले कृषि अनुसन्धानमा काम गर्ने वैज्ञानिकको विदेश पलायन हुने अवस्था नरोकिएको बताउनुभयो। नेपालमै काम लाग्ने वैज्ञानिकलाई स्वदेशमै रहन सक्ने वातावरण बनाउन जरुरी रहेको उनको भनाइ थियो।
वैज्ञानिक तथा कर्मचारीमा देखिएको विदेश पलायन रोक्न आफूले सक्दो प्रयास गरिरहेको उल्लेख गर्दै मन्त्री अधिकारीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा धेरै वर्षदेखि नसुल्झेका जटिलता सुल्झिँदै गएका र समस्या समाधान गर्न ध्यान दिएको बताए। मन्त्री अधिकारीले समकक्षताको समस्या समाधान गर्न समिति गठन गरिएको जानकारी दिए।
कृषि अनुसन्धान प्रणालीलाई व्यावहारिक बनाउन आवश्यक छ भन्दै मन्त्री अधिकारीले कतिपय अनुसन्धान द्रुतगतिमा गरी नतिजा निकाल्नुपर्ने भएकाले नार्कको अनुसन्धानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो। कृषिउपज आयातको ठूलो आकारले चुनौती थपेको उल्लेख गर्दै उनले यो चुनौतीको सामना गर्न नार्कले अन्वेषण गर्ने बालीका जात पनि सोही अनुकूलको हुनुपर्नेमा जोड दिए।
‘कृषिउपजको आयातलाई कम गर्न छिमेकी देशले कृषिमा गरेको प्रगतिबाट नेपालीले पनि सिक्न जरुरी छ’, मन्त्री अधिकारीले भने। कृषिमा तीनै तहको सरकारको समन्वय र सहकार्य अनिवार्य रहेको तथा सबैको सामूहिक प्रयासले मात्रै आयात कम गरी निर्यातको बाटोतर्फ लाग्न सकिने उनको भनाइ थियो।
















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया