भारतको केआईआईटी विश्वविद्यालयको होस्टेलमा नेपाली छात्रा मृत फेला
मेरोन्यूज
२०८१ फागुन ५ गते १४:२२

काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत एक जना नेपाली विद्यार्थी होस्टलमा मृत अवस्थामा फेला परेकी छन् ।
ओडिसाको भुवनेश्वरस्थित कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी हुन् ।
विश्वविद्यालयले एक विज्ञप्ति जारी गर्दै लम्सालले आत्महत्या गरेको जनाएको छ । “बी-टेक तेस्रो वर्षमा अध्ययनरत एक नेपाली विद्यार्थीले हिजो होस्टेलमा आत्महत्या गरेकी छन् । उक्त विद्यार्थीको केआईआईटीमा अध्ययनरत अर्का विद्यार्थीसँग प्रेम सम्बन्ध रहेको आशङ्का गरिएको छ । कुनै कारणले गर्दा विद्यार्थीले आत्महत्या गरेको हुनसक्ने आशङ्का गरिएको छ,” विज्ञप्तिमा भनिएकाे छ ।
विश्वविद्यालय परिसरमा सहपाठीले घटनाकाे अनुसन्धान गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।
सम्बन्धित
















कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
सशस्त्र प्रहरीले पन्छायो मुक्तिनाथ मन्दिरको हिउँ
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया